काठमाडौं– बिहीबार सेयर बजारका सबै सूचक घटेका छन् ।
बजार परिसूचक नेप्से १३. ८५ अंक घटेको छ । अघिल्लो दिन पनि नेप्से १५.४३ अंक घटेको थियो । आजको कारोबारपछि नेप्से २५३१ अंकमा कायम भएको छ ।
कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब १९ करोडको कारोबार भएकोमा आज ३ अर्ब ९९ करोडको भयो । ६९ कम्पनीको मूल्य बढ्दा २०१ को घट्यो भने ८ को स्थिर रह्यो । उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.१४ प्रतिशत घट्यो । अरु समूहको गिरावट दर १ प्रतिशतभन्दा कम रह्यो ।
बैंकिङ ०.४७, विकास बैंक ०.३४, फाइनान्स ०.६६, होटल तथा पर्यटन ०.५०, जलविद्युत् ०.५५, लगानी ०.४१, जीवन बीमा ०.१७, माइक्रोफाइनान्स ०.५६, निर्जीवन बीमा ०.७८, अन्य ०.६४ र व्यापार समूह ०.२७ प्रतिशत घटे ।
आज लिबर्टी इनर्जीको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो । त्यस्तै दोल्ती पावरको ८.२२, अपर लोहोरेखोलाको ७.०२, इमर्जिङ नेपालको ५.४६, शिवश्री हाइड्रोको ४.९२, सेन्ट्रल फाइनान्सको ४.४६ तथा जानकी फाइनान्सको ४.२८ प्रतिशत मूल्य बढ्यो ।
सिन्धु विकास बैंकको मूल्य १५ प्रतिशत घट्यो । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको ५.२४, शुभम पावरको ५.१९, धौलागिरि लघुवित्तको ४.५०, बाराही हाइड्रोपावरको ४.४० प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा लिबर्टी इनर्जी, रिलायन्स स्पिनिङ मिल्स, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल एसबीआई बैंक, रिडी पावर, सोलु हाइड्रोपावर, गरिमा विकास बैंक र सानिमा मिडिल तमोर छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।