उर्लाबारी– मोरङको उर्लाबारी नगरपालिका–८ स्थित उर्लाबारी– इटहरा सडकखण्डमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
_x000D_
_x000D_
बिहान १० बजेकाे समयमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को३५ प ९७७३ नंको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा सोही ठाउँका चालक २७ वर्षीय शैलेश गौतमको मृत्यु भएको प्रहरीले जनाएकाे छ।
_x000D_
_x000D_
दुर्घटनामा गम्भीर घाइते भएका गौतमको स्थानीय अरनिको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।