मकवानपुर– मनहरी गाउँपालिका–९ भाबरबाट प्रहरीले करिब १६२ किलो ७९४ ग्राम अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका–५ धोबाहा बस्ने ५६ वर्षीय देव नारायण महतो र भरतपुर महानगरपालिका–२४ बस्ने ४८ वर्षीय टेकबहादुर दोङ रहेका छन्।
इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले भाबरबाट खरङ्गातर्फ आउँदै गरेको बा.प्र.०१–०२५ च ०८७७ नम्बरको कार जाँच गर्ने क्रममा १३ वटा पोकामा रहेको १६२ किलो ७९४ ग्राम गाँजा फेला पारेको हो।
प्रहरीले गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा कार चालक देव नारायण महतोसँगै ग.२ च ६१५ नम्बरको पिकअप चालक टेकबहादुर दोङलाई समेत पक्राउ गरेको जनाएको छ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।