काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले शनिबार आयोजना गर्ने चियापानमा नेता–कार्यकर्ता र सर्वसाधारणलाई १२ देखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ। उच्च पदस्थ व्यक्तिहरु भने ३ बजेपछि ५ बजेसम्म सहभागी हुनेछन्।
_x000D_
_x000D_
शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा ५० हजार जनालाई नेकपाले निम्तो गरेको छ। पार्टी एकतापछि पहिलो पटक विजया दशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा हुन लागेको चियापान कार्यक्रम भृकुटीमण्डपस्थित बगैँचामा हुँदैछ। यसअघि पार्टी एकता हुनुभन्दाअघि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले छुट्टाछुट्टै चियापान कार्यक्रम गर्ने गरेका थिए।
_x000D_
_x000D_
कार्यक्रममा सर्वसाधारण, नेता कार्यकर्ताको साथै उच्च पदस्थ व्यक्तिहरु सहभागी हुनेछन्। राजनीतिक दलका नेता, मन्त्रीहरु, सांसदहरु, संवैधानिक अंगका पदाधिकारीहरु उपस्थित हुनेछन् । साथै नेकपाले सरकारी, सुरक्षा निकायका पदाधिकारीलाई पनि निम्तो गरेको छ।
_x000D_
_x000D_
कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधीहरुलाई पनि नेकपाले चियापानको लागि बोलाएको छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको निमन्त्रणापत्र पठाइसकिएको जनाइएको छ।
_x000D_
_x000D_
चियापानको मुख्य कार्यक्रम १२ बजेपछि हुनेछ। त्यसअघि नेता कार्यकर्ता र सर्वसाधारण सहभागी हुन पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।