काठमाडौं– रसुवामा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि भायानेट कम्युनिकेसन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ।
विपद्को कठिन अवस्थामा प्रभावित व्यक्ति, परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै भायानेटले उक्त रकम सहयोग गरेको जनाएको छ। कम्पनीका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत प्रदान गरिएको सहयोगले बाढी प्रभावित क्षेत्रमा सञ्चालन भइरहेका सरकार नेतृत्वका उद्धार, राहत तथा पुनःस्थापनाका प्रयासमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
भायानेटले बाढीपहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना जनाएको छ। साथै, प्रभावित सम्पूर्ण नागरिक तथा समुदायप्रति ऐक्यबद्धता व्यक्त गरेको छ।
कम्पनीले विपद्को समयमा उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी, स्वयंसेवक, सरकारी निकाय तथा मानवीय सहायता र राहतमा संलग्न संघसंस्थाप्रति आभार व्यक्त गरेको छ।
भायानेटले प्रभावित समुदायको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि भइरहेका राष्ट्रिय प्रयासमा आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
‘संकटको घडीमा नेपालसँगै’ भन्ने प्रतिबद्धतासहित कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।