काठमाडौं– लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय २९ ग्राम ७ सय ८० मिलिग्रामसहित ६ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा गुल्मी घुर्कोट गाउँपालिका–१ घर भएका ३० वर्षीय कस्मिर भुषाल, काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-१२ घर भएका २९ वर्षीय निशान्त रसाईली, पर्सा छिपहरमाई गाउँपालिका-५ घर भएका ४० वर्षीय उपेन्द्र कुमार, काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ घर भएका २७ वर्षीय अभिषेक तामाङ, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-९ घर भएकी २० वर्षीया सरला कार्की र भारत मोतिहारी कल्वारी दुवाह घर भएका २१ वर्षीय राहुल प्रसाद रहेका छन्।
उनीहरू मध्ये कस्मिर र निशान्तलाई ब्राउनसुगर जस्तो देखिने पदार्थ ७५ ग्राम ७ सय ८० मिलिग्राम सहित बिहीबार तथा उपेन्द्र, अभिषेक, सरला र राहुललाई ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५४ ग्राम सहित शनिबार पक्राउ गरेको हो।
पक्राउ मध्ये राहुललाई पर्साबाट र अन्य ५ जनालाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो। साथै उनीहरूको साथबाट नगद १ लाख ६० हजार रूपैयाँ, डिजिटल तराजु र मोबाइल ६ थान समेत प्रहरीले बरामद गरेको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।