काठमाडौं– भदौ १६ गते राति ८ बजेतिर ठमेलमा बाटोमा हिँडिरहेकी युवतीलाई जिस्क्याउने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–१६ ठमेलमा हिँडिरहेकी युवतीलाई अस्वभाविक तरिकाले छोएर अभद्र व्यवहार गरेका सर्लाहीको कबिलासी नगरपालिका–२ का ३० वर्षीय सालिन साहलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । साहको गतिविधि सीसीटिभी क्यामेरामा कैद भएको थियो । सोही आधारमा प्रहरीले खोजतलास गरी उनलाई पक्राउ गरेको हो ।
ठमेलबाटै पक्राउ परेका उनीविरुद्ध अभद्र व्यवहार गर्न नहुने कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।