सुनसरी- सुनसरीको भुम्का नगरपालिकामा रहेको क्षेत्रीय कारागारमा बिहीबार एक कैदीबन्दीको मृत्यु भएको छ। मृत्यु हुनेमा उदयपुर हडिया–८ का ३६ वर्षीय राधेश्याम चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
_x000D_
_x000D_
कारागारमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका मुटुसम्बन्धी रोगबाट पीडित चौधरीलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकामा उपचारको क्रममा उनको मृत्यु भएको हो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।