इनरुवा- सुनसरीको धरान उपमहानगरपालिकाबाट ठूलो परिमाणमा विस्फोटक पदार्थसहित तीन जनालाई नियन्त्रणमा लिइएको छ। रु १० लाख बराबरको २१ बोरा पटका, झिरझिरे, आतीसबाजी लगायत उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक राजन अधिकारीले जानकारी दिए।
_x000D_
_x000D_
भारतीय नागरिक पूर्णीयाका २५ वर्षीय राजकुमार दास भनिने पाण्डव दास, फुल्कहाका ३५ वर्षीय अरबिन्द दास र अररिया महपुरका ३५ वर्षीय दिलीप साहलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद फुँयालले जानकारी दिए।
_x000D_
_x000D_
त्यसैगरी इनरुवा–३ बाट रु एक लाख ५० हजार बराबरको र सुनसरीको कोशी गाउँपालिका–१ लौकहीबाट रु ३ लाख बराबरको ८ बोरा पटका, झिरझिरे, आतीसबाजी बरामद गरिएको छ। इनरुवाबाट पनि रु १ लाख ५० हजार बराबरको चार बोरा र लौकहीबाट सोही परिणाम बराबरको विस्फोटक सामग्री बरामद गरिएको पनि प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।