तेहरान- इरानको न्यायालयले सिया इस्लामिक गणतन्त्रका धार्मिक अगुवा इमाम हुसेनलाई ‘अपमान’ गरी लेखेको आरोपमा एक पत्रकार पक्राउ परेका छन्।
_x000D_
_x000D_
धार्मिक नेता इमाम हुसेन र अन्य इमामलाई ‘अपमान’ गरी लेखेको आरोपमा पौयान खोशहललाई जेल सजाय सुनाइएको थियो। उनलाई बुधबार राति नै विदेशतर्फ पलायन हुन लाग्दैगर्दा पक्राउ गरिएको हो।
_x000D_
_x000D_
इरानको आधिकारिक धार्मिक ग्रन्थअनुसार प्रोफेट मोहम्मदका नाति हुसेनलाई सातौँ शताब्दीमा कालिफ यजिदको इस्लामिक संसारमा राज्य गर्ने अधिकार नभएको भनी विरोध गरेको भन्दै हत्या गरिएको थियो। हुसेनको मृत्युको सम्झनामा गरिने बार्षिक कार्यक्रम आसुरालाई इरानी इस्लामिक समूहले पवित्र दिनका रूपमा मनाउने गर्दछन्।
_x000D_
_x000D_
खोशहलले सुधारवादी समूहको आवाज छाप्ने एब्तेकार दैनिकमा काम गर्ने सिलसिलामा गत अक्टोबरमा प्रकाशित एक लेखमा इमाम हुसेनको इरानीहरूले विश्वास गर्दै आएको शाहदत नभई प्राकृतिक मृत्यु भएको उल्लेख गरेका थिए।
_x000D_
_x000D_
मिजानका अनुसार उक्त समाचारले इरानभर पत्रकार खोशहलको ‘आलोचना भएको तथा आक्रोश सिर्जना गरेको’ थियो।
_x000D_
_x000D_
न्यायालयले खोशहलले सामाजिक सञ्जालमार्फत पनि इमामको अपमान गरेको र इरानी जनताबाट ध्यानाकर्षण गराएको साथै यसै आधारमा गरिएको अनुसन्धानमा पत्रकार खोशहल दोषी पाइएको ठहर गर्दै उनलाई पक्राउ गर्न निर्देशन दिएको थियो।
_x000D_
_x000D_
खोशहलको व्यक्तिगत ट्वीटर पेजलाई उनको पक्राउपछि नै बन्द गरिएको छ।
_x000D_
_x000D_
एब्तेकारका प्रधान सम्पादक रेजा देहकीले आफ्नो पत्रिकामा प्रकाशित सामग्रीमाथिको आलोचनाप्रति क्षमा याचना गर्दै उक्त भनाइलाई संशोधन गरिएको र सो समाचार तयार पार्ने पत्रकार पत्रिकाबाट अलग भइसकेको जनाएका छन्। रासस/एएफपी
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।