बनेपा- बनेपामा रिक्सा चलाएर जीविकोपार्जन गर्दै आएका एक मजदुर बेपत्ता भएको भन्दै खोजी गर्न उनका परिवारले आग्रह गरेका छन्।
_x000D_
_x000D_
सिन्धुली जिल्ला सुनकोसी गाउँपालिका–५ पुराना झाँगाझोली घर भई २०/२२ वर्षदेखि बनेपा नगरपालिका–९ शाहीटोल बस्दै आएका वर्ष ४२ का बखतबहादुर तामाङ कात्तिक २ गतेदेखि हराएका थिए। छोराछोरीसहित गत असोज २६ गते दसैंका लागि घर गएका बेला बनेपामै रहेका श्रीमान् बेपत्ता भएको श्रीमती शान्तकुमारी तामाङले बताइन्।
_x000D_
_x000D_
'म पछि आएँ, छोराछोरीलाई अगाडि नै पठाएकी थिएँ,' 'उनीहरूले कोठामा बुबा नरहेको बताएपछि खोजी गर्दा अहिलेसम्म फेला पर्नुभएन।'
_x000D_
_x000D_
बनेपा इलाका प्रहरी कार्यालयले तामाङको खोजी गरिरहेको र अहिलेसम्म फेला नपरेको जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।