काठमाडाैं– पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले एसपी दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त गर्दैमा राज्यको दायित्व पूरा नहुने बताएका छन्। उनले अपराधी पत्ता लगाउन राज्यलाई निरन्तर दबाब दिनुपर्ने अावश्यकता रहेको समेत बताएका छन्।
_x000D_
_x000D_
ट्वीटरमा उनले प्रश्न गरेका छन्, ‘बिरालो बाँधेर श्राद्ध गरेझैं तीन महिना लगाएर केही प्रहरीलाई बर्खास्त गर्दैमा राज्यको दायित्व पूरा हुन्छ? जानीबुझी प्रमाण नष्ट गर्नु आदि अपराधिक कर्म हैनन् र? त्यसबापत मुद्दा र दण्ड गर्नुपर्दैन? प्रमाण नष्ट गर्ने प्रहरी र बम दिदीबहिनी मार्फत किन अपराधी पत्ता लाग्दैन? दबाब जारी राखौँ!’
_x000D_
_x000D_
उनले प्रमाण नष्ट गर्ने प्रहरीका साथै बम दिदीबहिनीमाथि पनि शंका गरेका हुन्।
_x000D_
_x000D_
कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रभावकारी कार्य सम्पादन तथा अनुसन्धान नगरेको आरोप लाग्दै आएका कञ्चनपुरका तत्कालीन प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई गृहले बर्खास्त गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
_x000D_
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।