• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २२, २०८२ Sat, Nov 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

दुईपक्षीय सम्झौताको भारतद्वारा उल्लंघन : पश्चिम दिशा हुँदै नेपाल आउने जहाजका लागि नयाँ हवाई प्रवेश बिन्दु नदिने

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक ९, २०७५  ०२:४५
1140x725

काठमाडौं- भारतीय विमानपत्तन प्राधिकरणले गत जेठको पहिलो साता भएको दुईपक्षीय सम्झौताको उल्लंघन गर्दै पश्चिम दिशा हुँदै नेपाल आउने जहाजका लागि नयाँ हवाई प्रवेश बिन्दू नदिने निष्कर्षमा पुगेको छ। असोज अन्तिम साता भारतमा भएको दुईपक्षीय प्राविधिक टोलीको छलफलमा भारतीय पक्षले पश्चिम नेपालको मेहन्द्रनगरदेखि नेपालगञ्जसम्मको कुनै पनि ठाउँबाट नयाँ प्रवेश बिन्दू दिन नसक्ने बताएको हो। 

_x000D_ _x000D_

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा नयाँ हवाइ प्रवेश बिन्दूको विषय सुल्झाउन दुवै देशका प्राविधिक टाेली खटाउने सहमति भएको थियो। तर उक्त सहमति भएको ५ महिना पनि नबित्दै भारतीय पक्ष पश्चिम नेपालको कुनै पनि बिन्दूबाट प्रवेश नदिने पक्षमा पुगेको नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले बताए। प्रधानमन्त्री केपी शर्मा अोली सरकारकाे ६ महिने उपलब्धिमा समेत उक्त विषय समावेश भएको थियो। 'दुई देशबीचको प्राविधिक टोलीबीच नयाँ प्रवेश बिन्दूका विषयमा छलफल निरन्तर जारी रहेन्छ' संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले भने, 'पश्चिमतर्फका नयाँ हवाइ प्रवेश बिन्दूको विषय उच्च स्तरीय छलफलबाट टुंगाे लाग्नेछ।' 

_x000D_ _x000D_

नेपालको लागि सबैभन्दा बढी प्राथमिकतामा रहेको पश्चिम नेपालको प्रवेश बिन्दूको सट्टा पूर्वतर्फको विराटनगर, जनकपुर र भैरहवा प्रवेश बिन्दू मात्रै दिने सक्ने अडान भारतीय पक्षले दोहोर्‍याएको पोखरेलले जानकारी दिए। गत जेठमा भएको सम्झौता भन्दा बाहिर गई भारतीय पक्ष पश्चिम नेपालतर्फको प्रवेश बिन्दू नदिनकै लागि भैरहवा प्रवेश बिन्दूको 'ललिपप' मात्र देखाएको उनको भनाइ छ।

_x000D_ _x000D_

यो सँगै अब प्राविधिक टोलीबाट नयाँ हवाई प्रवेश बिन्दूको विषयमा निर्णय हुने सम्भावना पनि अन्त्य भएको उनको भनाइ छ। भारतीय पक्षको प्राविधिक टोलीको बेहोरा हेर्दा अब नयाँ हवाई प्रवेश बिन्दू दुई देश बीचको उच्च स्तरीय राजनीतिक छलफलबाट टुंगो लगाउने पर्ने अवस्था आएको उनको भनाइ छ।

_x000D_ _x000D_
_x000D_

सम्झौतामा नयाँ हवाई प्रवेश बिन्दूको विषयमा दुईपक्षीय प्राविधिक टोली मिलेर ‘सेफ्टी एसिसमेन्ट’ गरी टुंगो लगाउने निर्णय भएको थियो। तर, पुनः भारतीय पक्षले विराटनगर र जनकपुरबाट हवाई प्रवेश बिन्दू दिन कुनै समस्या नरहे पनि पश्चिम नेपालको नेपालगञ्ज र महेन्द्रनगरबाट हवाई प्रवेश बिन्दू दिन भने आर्मी बेस क्याम्पको समस्या रहेको भन्दै आलटाल गरेको छ।

_x000D_ _x000D_

 

_x000D_
_x000D_ _x000D_

दुईपक्षीय प्राविधिक टोलीको छलफलमा भएको विषय मन्त्री रवीन्द्र अधिकारी र सचिव कृष्णप्रसाद देवकोटालाई जानकारी गराइसकेको उनको भनाइ छ। अब प्राधिकरणले भन्दा पनि उच्चस्तरीय कुटनीतिक पहल मार्फत् नयाँ हवाई प्रवेश बिन्दूको विषय टुंगो लगाउनु पर्ने अवस्था आएको पोखरेलले बताए। 

_x000D_ _x000D_

यसअघि जेठमा दुईपक्षीय छलफलमा प्राविधिक टोलीबीच महेन्द्रनगर, जनकपुर र विराटनगर हवाई प्रवेश बिन्दू दिने विषयमा सम्झौता भएको थियो। सम्झौतामा नयाँ हवाई प्रवेश बिन्दूको विषयमा दुईपक्षीय प्राविधिक टोली मिलेर ‘सेफ्टी एसिसमेन्ट’ गरी टुंगो लगाउने निर्णय भएको थियो। तर, पुनः भारतीय पक्षले विराटनगर र जनकपुरबाट हवाई प्रवेश बिन्दू दिन कुनै समस्या नरहे पनि पश्चिम नेपालको नेपालगञ्ज र महेन्द्रनगरबाट हवाई प्रवेश बिन्दू दिन भने आर्मी बेस क्याम्पको समस्या रहेको भन्दै आलटाल गरेको उनको भनाइ छ।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

भारतीय पक्षले विना अध्ययन एक्लौटी रुपमा पश्चिम नेपालको रुट नदिने तर भरैहवा थप गरेर पूर्वतर्फका जनकपुर र विराटनगर प्रवेश बिन्दू दिएर संख्या मात्रै बढाउने काम गरेको उनको भनाइ छ। भारतीय पक्षले एउटा सानो मुलुकलाई यति धेरै प्रवेश बिन्दू दिएका छौं भनेर देखाउन नेपालको लागि सबै भन्दा बढी प्राथमिकतामा रहेको प्रवेश बिन्दू नदिने षड्यन्त्र गरेको प्राधिकरण स्रोत बताउँछ।

_x000D_ _x000D_

यस अघि जेठमा भएको दुईपक्षीय वार्तामा भारतीय पक्षले काठमाडौं–विराटनगर, काठमाडौं–जनकपुर, काठमाडौं–जनकपुर–पटना र महेन्द्रनगर हुँदै नेपाल आउने जहाजका लागि १४ हजार फिटदेखि २४ हजार फिटको उचाइमा मात्रै प्रवेश दिने गरी सहमति गरेको थियो। सहमतिपत्रमा नेपालका तर्फबाट नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक तथा एयर नेभिगेसन विभागका प्रमुख नरेन्द्रबहादुर थापा क्षेत्री र भारतीय विमानपत्तन प्राधिकरणका एयर नेभिगेसन विभागका अनिलकुमार दत्ताले हस्ताक्षर गरेका थिए।

_x000D_ _x000D_
_x000D_

नरेन्द्र मोदीले त्यतिखेर विवादमा रहेका बिम्स्टेकमा नेपाललाई सहभागी गराउनकै लागि साे परिपञ्च चालेको रहस्य पनि अहिले आएर स्पष्ट भएको छ। 

_x000D_ _x000D_

 

_x000D_
_x000D_ _x000D_

सहमति पत्रमा हस्ताक्षर गराउन त्यसबेला भारतीय पक्षले बढी चासो देखाएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाखमा भएको नेपाल भ्रमण लगतै उक्त सहमति भएको थियो। नरेन्द्र मोदीले त्यतिखेर विवादमा रहेका बिम्स्टेकमा नेपाललाई सहभागी गराउनकै लागि साे प्रपञ्च चालेको रहस्य पनि अहिले आएर स्पष्ट भएको प्राधिकरण स्रोत बताउँछ। नत्र किन भारतीय पक्षले माथिको आदेश छ भन्दै पश्चिम नेपालबाट नयाँ हवाई प्रवेश बिन्दू दिने नमिल्ने भन्यो भने प्रश्न खडा भएको स्रोत बताउँछ।

_x000D_ _x000D_

नेपालका लागि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबन्दासम्म अहिलकै प्रवेश बिन्दूले काम चल्ने प्राधिकरणका उपमहानिर्देशक पोखरेल बताउँछन्। निजगढ विमानस्थल सञ्चालनमा लागि मात्रै जनकपुर प्रवेश बिन्दू आवश्यक हो तर, अन्य विमानस्थलका लागि पश्चिम नेपालको नेपालगञ्जदेखि महेन्द्रनगरसम्मको कुनै एक ठाउँको प्रवेश बिन्दू नेपालको आवश्यकता भएको उनको भनाइ छ।

_x000D_ _x000D_

आटटालको तीन वर्ष, हरेक प्रधानमन्त्रीको भ्रमण एजेन्डा कागजमै सीमित
_x000D_ नयाँ हवाई प्रवेश बिन्दूका विषयमा दुईपक्षीय छलफल सुरु भएको तीन वर्षभन्दा बढी समय बितिसकेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणले २०१६ डिसेम्बरदेखि छलफल सुरु गरे पनि नयाँ हवाई प्रवेश बिन्दूको विषय अझै ओझेलमै छ। नयाँ हवाई बिन्दू नपाउँदासम्म नेपालले पूर्व र पश्चिमबाट आएका सबै जहाज सिमराबाट प्रवेश गरी काठमाडौं, पोखरा, भैरहवा र निजगढ विमानस्थलमा अवतरण गराउनुपर्ने बाध्यता हुनेछ। यही बाध्यता अन्त्यका लागि भारतीय पक्षसँग भएका सबै प्रयास छलफलमै सीमित भएको हो।

_x000D_ _x000D_
_x000D_

प्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दहालकाे भारत भ्रमणमा पनि यो एजेन्डामा निरन्तर छलफल हुँदै अाएको थियो। 

_x000D_ _x000D_

 

_x000D_
_x000D_ _x000D_

नेपालले भारतीय पक्षसँग पूर्वका देशबाट आउने जहाज प्रवेशका लागि जनकपुर र विराटनगर बिन्दू माग गर्दै आएको थियो। सोही मागअनुसार भारतीय पक्ष जनकपुर र विराटनगर प्रवेश बिन्दू दिन भने सहमत छ। तर, नेपालको लागि सबैभन्दा बढी प्राथमिकतामा रहेको पश्चिमतर्फका देशबाट आउने जहाजका लागि महेन्द्रनगर प्रवेश बिन्दू माग गरेको थियो। तर पश्चिमतर्फका प्रवेश बिन्दूका विषयमा भारतीय पक्ष सकारात्मक छैन। भारतीय पक्षले उक्त प्रवेश बिन्दू दिन त्यस क्षेत्रमा आर्मी वेस क्याम्प रहेको भन्दै आलटाल गरेको हो। यसैबीच पश्चिम तर्फबाट प्रवेश बिन्दू दिनुभन्दा भैरहवा प्रवेश बिन्दूमा नेपाललाई झुलाउने गरी अगाडि बढेको उपमहानिर्देशक पोखरेलकाे ठम्याइ छ।

_x000D_ _x000D_

यसरी सुरु भएको नयाँ प्रवेश बिन्दूको छलफल
_x000D_ झन्डै साढे एक वर्ष अगाडि नयाँ हवाई प्रवेश बिन्दूका विषयमा छलफलका लागि भारतीय पक्षले कोलकात्तामा बैठक गर्ने निर्णय गरेको थियो। तर, त्यो बैठक पनि भारतीय पक्षले गर्न चाहेन। त्यसपछि गत वर्षको असोजमा भारतीय पक्षले फेरि छलफलको लागि नेपाली पक्षलाई वार्तामा बोलाएको थियो। तर, नेपालमा चलिरहेको स्थानीय, प्रदेश र संघको निर्वाचन आचारसंहिताका कारण नेपाली टोली वार्तामा सहभागी हुन सकेन। निर्वाचन लगतै नयाँ सरकार गठन भयो।

_x000D_ _x000D_

प्रधानमन्त्री केपी ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तामा चैतमा भारत भ्रमणमा गए। त्यसबेलाको भ्रमणमा पनि नयाँ हवाई प्रवेश बिन्दूको विषयमा उच्चस्तरीय छलफल भयो। त्यसअघि पनि प्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दहालकाे भारत भ्रमणमा पनि यो एजेन्डामा निरन्तर छलफल हुँदै अाएको थियो। केपी अोलीको भ्रमणका समयमा नयाँ हवाई प्रवेश बिन्दू प्राविधिक विषय रहेको हुँदा प्राविधि तवरबाट सल्टाउने निणर्य भयो।

_x000D_ _x000D_

त्यसलगतै फेरि नरेन्द्र मोदी गत वैशाखमा नेपाल भ्रमणमा आए। भ्रमणमा फेरि उही पुरानो कुरा नयाँ हवाई प्रवेश बिन्दूको कुरा छलफल भयो। छलफलले तत्कालनै नयाँ प्रवेश बिन्दूको विषय टुंगोमा लगाउन गरी प्राविधिक टोलीलाई काम गर्न उच्च स्तरीय छलफलबाट निर्देशन भयो। त्यसलगतै दुईपक्षीय प्राविधिक टोलीले गत जेठमा पाँच वटा नयाँ हवाई प्रवेश बिन्दू नेपालका लागि खुल्ला गर्ने गरी एमओयू भएको थियो। तर, अन्त्यमा भारतीय प्राविधिक टोलीले नेपाल नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोलीलाई छलफलमा बोलाएर पूर्वतर्फको हवाई प्रवेश बिन्दू दिन कुनै समस्या नभएपनि पश्चिम तर्फबाट नयाँ हवाई प्रवेश बिन्दू नै दिन नसक्ने जवाफ दिँदै वार्ता भाडको छ।

_x000D_ _x000D_

पश्चिमतर्फका हवाई प्रवेश बिन्दूको फाइदा के?
_x000D_ नेपालको पूर्वमा पर्ने देश बंगलादेश, भारतको कोलकात्ता, थाइल्यान्ड, सिंगापुर, मलेसियालगायतका देशबाट आउने जहाज 'रोमियो ५८१' रुट हुँदै सिमराबाट नेपाल प्रवेश गरी काठमाडौं अवतरण गरिरहेका छन्। यसैगरी पश्चिमबाट आउने जहाजले 'गल्फ ५८९' रुट हुँदै सिमराबाटै काठमाडौं अवतरण गर्छन्। भुटानकाे पारोबाट आउने जहाज मेची प्रवेश बिन्दूबाट छिरेर तुम्लिङटार आउँदै काठमाडौं अवतरण गर्छन्। 

_x000D_ _x000D_

चीनको ल्हासाबाट आउने जहाज भने 'ब्राबो ३४५' रुट हुँदै नुनिम बिन्दूबाट नेपाल छिरेर तुम्लिङटार हुँदै काठमाडौं अवतरण हुने गरेको छन्। यसैगरी नेपालबाट पश्चिम तर्फका देश र दिल्ली जाने जहाजका लागि भने दुई वटा रुट छन्। एउटा काठमाडौंबाट उडेर भैरहवा हुँदै निस्कने र अर्को काठमाडौंबाट महेन्द्रनगर हुँदै बाहिरिने गरेका छन्। तर, बढी मात्रामा जहाज महेन्द्रनगर भएर बाहिरने गर्छन्।

_x000D_ _x000D_

यसैगरी पूर्वका देश जाने विमानका हकमा भने विराटनगर बिन्दू मात्रै हो। नेपालबाट कोलकत्ता, हङकङ र कोरिया जाने जहाजले यही बिन्दू प्रयोग गर्छन्। पारो जाने विमानले भने काठमाडौंबाट तुम्लिङटार हुँदै मेची बिन्दूबाट बाहिरिने गर्छन् भने चीनको ल्हासा जाने जहाज जुन बाटो भएर आएका छन् त्यही बाटो जाने गरेको छ।

_x000D_ _x000D_
_x000D_

सिमरा बिन्दूको तुलनामा नेपालगन्ज प्रवेश बिन्दूबाट काठमाडौं आउदा १४ नटिकल माइल, भैरहवा आउन १ सय ६९ नटिकल माइल र पोखरा जान १ सय ६५ नटिकल माइल दूरी कम पर्छ।

_x000D_ _x000D_

 

_x000D_
_x000D_ _x000D_

यी विमानस्थलमा आउने जहाजका लागि सिमरा हुँदै आएर अवतरण गर्दा दूरी लामो पर्छ। प्रायः पश्चिमबाट आउने जहाज दिल्ली भएर नै आउँछन्। दिल्ली हुँदै आएको जहाज सिमरा हुँदै काठमाडाैं, पोखरा, भैरहवा र निजगढ जाने दूरी लामो पर्छ। यी विमानस्थलमा आउने जहाजका लागि सहज र छोटो दूरी नेपालगन्ज प्रवेश बिन्दू नै हो। नेपालगन्ज प्रवेश बिन्दू पाएको अवस्थामा एयरलाइन्स कम्पनीलाई पनि दूरी छोटो पर्ने र सिमराको बढ्दो एयर ट्राफिक जाम पनि कम हुने अवस्था आउँछ।

_x000D_ _x000D_

नेपालगन्जबाट प्रवेश पाएको अवस्थामा उच्च तहबाट आएको जहाज विस्तारै उचाई घटाउँदै पोखरा, भैरहवा, काठमाडौं र निजगढमा अवतरण गर्ने सक्ने अवस्था आउँछ। अहिले सञ्चालनमा रहेको सिमरा बिन्दूको तुलनामा नेपालगन्ज प्रवेश बिन्दूबाट काठमाडौं आउदा १४ नटिकल माइल, भैरहवा आउन १ सय ६९ नटिकल माइल र पोखरा जान १ सय ६५ नटिकल माइल दूरी कम पर्छ। सोही कारण नेपालले अन्य प्रवेश बिन्दू भन्दा नेपालगन्ज प्रवेश बिन्दूलाई नै प्राथमिकतामा राखेको हो। 

_x000D_ _x000D_

नेपालगन्जबाटै दिन नमिल्ने हो भने पश्चिम तिरको अर्को कुनै प्रवेश बिन्दू नेपालको आवश्यकता हो। तर, भारतीय पक्षले यो क्षेत्रमा आर्मीको वेस क्याम्प भएका कारण रुटमा किचलो गरिरहेको छ। तर, नेपाली पक्षबाट त्यही आकाश कहिले सिभिलले प्रयोग गर्ने र कहिले आर्मीले प्रयोग गर्ने गरी प्राविधिक उपाय अपनाएर नेपालगन्ज बिन्दू पाउनुपर्ने माग गरिरहेको पोखरेल बताउँछन्।

_x000D_ _x000D_

यसैगरी महेन्द्रनगरबाट प्रवेश बिन्दू पाएको अवस्थामा पश्चिम तथा युरोपका देशबाट आउने जहाजले सिधै नेपाल प्रवेश पनि गर्न सक्ने अवस्था हुन्छ। साथै यही रुट हुँदै नेपालबाट हङकङ, कोरिया जाने जहाजलाई पनि दूरी कम हुन्छ।

_x000D_ _x000D_

यसबाट नेपाली आकाश प्रयोग गरेबापत् नेपाललाई पनि केही आम्दानी हुन्छ। अहिले पश्चिमका युरोपबाट आउने जहाजले भारतीय आकाश फन्को मार्दै पूर्व जाने गरेका छन्। अहिले महेन्द्रनगर बिन्दू बाहिरिनका लागि मात्रै छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०७५  ०२:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोलिदेखि भारतसँग जोडिएको मधेस प्रदेशको सीमानाका बन्द हुँदै
सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छपाइ सुरू,सञ्चारमन्त्री भन्छन्- ६ महिनाभित्र सबैजनालाई बाँडिसक्छौँ
ओलीको प्रश्न : ठूलो उद्देश्य नभएका सुकरात त भागेनन् केपी ओली भाग्छ
सम्बन्धित सामग्री
भोलिदेखि भारतसँग जोडिएको मधेस प्रदेशको सीमानाका बन्द हुँदै जिल्ला प्रशासन कार्यालयहरुले सूचना जारी गर्दै भोलि साँझ ६ बजेदेखि मंगलबार साँझ ५ बजेसम्म सीमानाका बन्द हुने जनाएको हो। शुक्रबार, कात्तिक २१, २०८२
सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छपाइ सुरू,सञ्चारमन्त्री भन्छन्- ६ महिनाभित्र सबैजनालाई बाँडिसक्छौँ “अहिले हामीले निकै मेहेनत गरेर सरकारी प्रेसबाटै लाइसेन्छ छपाइ सुरू गरेका छौ”,सञ्चारमन्त्री खरेलले भने,“ २८ लाख ड्राइभिङ लाइसेन्स छाप... शुक्रबार, कात्तिक २१, २०८२
अन्य देशमा रहेका नेपालका मूर्तिहरुलाई स्वदेश फर्काउन पहल गरिरहेका छौ :  सुनिता डंगोल पुनःनिर्माण सम्पन्न भएको शुक्रबार ब्रह्मा मन्दिरको काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोलले उद्घाटन गरेका हु... शुक्रबार, कात्तिक २१, २०८२
ताजा समाचारसबै
भोलिदेखि भारतसँग जोडिएको मधेस प्रदेशको सीमानाका बन्द हुँदै शुक्रबार, कात्तिक २१, २०८२
सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छपाइ सुरू,सञ्चारमन्त्री भन्छन्- ६ महिनाभित्र सबैजनालाई बाँडिसक्छौँ शुक्रबार, कात्तिक २१, २०८२
ओलीको प्रश्न : ठूलो उद्देश्य नभएका सुकरात त भागेनन् केपी ओली भाग्छ शुक्रबार, कात्तिक २१, २०८२
कर्मचारी कटौती गरेर संसद्को अवहेलना भएको संघ र प्रदेशका पदाधिकारीको निष्कर्ष शुक्रबार, कात्तिक २१, २०८२
अहिलेको सरकार असंवैधानिक र प्रतिगामी : ओली शुक्रबार, कात्तिक २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
पुराना भ्रष्ट नेताहरूलाई निर्वाचनबाट हराउन वैकल्पिक शक्ति एकजुट हुन बाबुरामको प्रस्ताव बिहीबार, कात्तिक २०, २०८२
हङकङ सिक्सेस: पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित शुक्रबार, कात्तिक २१, २०८२
हङकङ सिक्सेस: अफगानिस्तानले दियो ११३ रनको लक्ष्य, रासिदको ह्याट्रिकसहित चार विकेट शुक्रबार, कात्तिक २१, २०८२
आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना बिहीबार, कात्तिक २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्