लमही- अत्यधिक मदिरा सेवनले दाङमा एक महिलाको मृत्यु भएको छ।
_x000D_
_x000D_
घोराही उपमहानगरपालिका –१२ नरिवाङ निवासी ४५ वर्षीया कल्पना खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। प्रहरी नायब उपरीक्षक कृष्णहरि शर्माका अनुसार कमलपित्त रोगले पीडित बनेकी उनले अत्याधिक मदिरा सेवन गर्दा मृत्यु भएको हो।
_x000D_
_x000D_
लामो समयदेखि अत्यधिक मदिरा सेवन गर्ने गरेको र एक सातादेखि खानासमेत नखाएकी उनको बिहीबार अपराह्न मृत्यु भएको बताइएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।