काठमाडौं- क्यासिनोमा जुवा खेल्दाखेल्दै बेहोस भएको एक जना नेपालीको ज्यान गएको छ।
_x000D_
_x000D_
काठमाडौंको दरबारमार्गस्थित याक एण्ड यति होटलमा रहेको रोयल क्यासिनोमा भारतीय परिचय पत्र देखाएर जुवा खेलिरहेका सिराहा लाहान स्थायी घर भएका बुद्धिलाल शाह एक्कासी बेहोस भएका थिए।
_x000D_
_x000D_
तत्काल प्रहरी र क्यासिनोका कर्मचारीले उनलाई उपचारका लागि काठमाडौं मोडेल अस्पताल पुर्याए लगत्तै उनको मृत्यु भएको भएको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
उनी क्यासिनो छिर्दा भारतीय नागरिक हरिशंकर पालको नाममा रहेको परिचय पत्र देखाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।