काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
आज सुनको मूल्य प्रतितोला ८ हजार ८ सय रुपैयाँ र चाँदीको मूल्य १ सय ८५ रुपैयाँले घटेको हो ।
मंगलबार प्रतितोला ३ लाख ६ हजार १०० रहेको सुनको मूल्य आज घटेर २ लाख ९७ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, मंगलबार प्रतितोला ४ हजार ७ सय ६५ रुपैयाँ रहेको चाँदीको मूल्य पनि आज घटेर ४ हजार ५ सय ८० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।