• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

बाबुआमा फर्किने आशाले थामिएकी छिन् पामु

64x64
नेपाल लाइभ बुधबार, भदौ १७, २०८३  ०९:१४
1140x725
पामु तामाङ (बायाँ)

काठमाडौं– महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल अगाडिको एउटा बेन्चमा १४ वर्षीया पामु तामाङ एकोहोरो भएर बसिरहेकी छन्।

गत १० भदौमा भोटेकोशी नदीमा विनाशकारी बाढी आएयता उनले आफ्ना बुबा दावाफुन्जो तामाङ र आमा तेन्साङमु तामाङ (सानु)को कुनै खबर पाएकी छैनन्।

‘म धेरै डराएकी छु। उहाँहरू सामान्यतया यति लामो समयसम्म फोन नगरी कहिल्यै बस्नु हुँदैनथ्यो। तर, यसपल्ट फोन नगर्नुभएको सात दिन भइसक्यो,’ उनी भन्छिन्।

मंगलबार नेपालको सबैभन्दा ठूलो शैक्षिक अस्पतालको परिसरमा देखिएको पामुको पीडा अपवाद थिएन। सयौं मानिस आफ्ना बेपत्ता बुबा, आमा, श्रीमान वा छोराछोरीका तस्बिर बोकेर अस्पताल परिसरमा ओहोरदोहोर गरिरहेका थिए। उनीहरूको अनुहारमा निराशा प्रस्ट देखिन्थ्यो।

अस्पतालका भित्ता, बार र सूचना पाटी बेपत्ता मानिसका तस्बिरले भरिएका छन्। ती तस्बिरले बाटो हिँड्ने सयौं मानिसहरूलाई मौन रूपमा हेरिरहेका छन्। यी तस्बिरमा भएका अनुहार हुन्– चालक, इन्जिनियर, गाइड, विद्यार्थी, कामदार र भिक्षुका। 

तीमध्ये धेरैजसो बाढीको चपेटामा परेका नदी किनारका क्षेत्रमा पर्यटन व्यवसायसँग पनि जोडिएका छन्। त्रिशूली र भोटेकोशी सामान्य अवस्थामा जलयात्रा र कायाकिङका लागि चर्चित गन्तव्य हुन्। विश्वभरबाट साहसिक पर्यटक त्यहाँ पुग्ने गर्छन्।

कतिपय स्याब्रुबेसी र टिमुरेजस्ता सीमावर्ती बस्ती पुग्ने सडकमा ट्रक चलाउँथे। नेपाल र तिब्बत जोड्ने यो मुख्य सम्पर्क मार्ग हो। गत साता यही बाटो हुँदै हजारौं तीर्थयात्री पवित्र कैलाश पर्वततर्फ पनि गएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

पामुका बाबुआमा पनि ट्रक लिएर रसुवा भन्सारसम्म पुगेका थिए। ‘उहाँहरू भन्सार छुटेपछि सोही दिन बिहान फर्किने तयारीमा हुनुहुन्थ्यो। तर, बिहान स्कुल जानुअघि नै त्यहाँ बाढी आएको भन्ने समाचार सुनियो। त्यसयता उहाँहरू फर्किनु भएको छैन,’ उनी भन्छिन्।

४२ वर्षीया सीता लामा आफ्ना श्रीमानको तस्बिरतिर हेरिरहेकी छन्। उनले आफ्नो श्रीमानको तस्बिर एउटा खम्बाको माथिल्लो भागमा टाँसेकी छन्। ‘म मेरा श्रीमान कहाँ छन् भन्नेर जान्न चाहन्छु,’ उनी बारम्बार भन्छिन्।

उनका ४० वर्षीय श्रीमान राजकुमार लामा पामुका बाबुआमाजस्तै ट्रक चालक हुन्। सात दिनअघि तिब्बतको सीमाछेउ टिमुरे आसपासको क्षेत्रमा उनी बेपत्ता भएका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

टाउकोमा ओढेको पछ्यौरीमुनिबाट श्रीमानको तस्बिर निकाल्दै भन्छिन्,‘मैले उहाँसँग बिहे गरेको २३ वर्ष भयो। हामी सानै उमेरमा विवाह बन्धनमा बाँधिएका थियौं। त्यसयता मेरो सहारा भनेकै उहाँ हुनुहुन्थ्यो। म उहाँबिना बाँच्न सक्दिनँ। उहाँ फर्केर आउनुभएन भने म कसरी अगाडि बढ्ने होला?,’ उनी प्रश्न गर्छिन्।

सात दिनदेखि हराइरहेका आफन्तका पोस्टर टाँस्न बूढाबूढीदेखि बालबालिकासम्म अस्पताल परिसरमा धाइरहेका छन्। हरेक घण्टा परिसरमा पोस्टरहरू थपिँदै गइरहेका हुन्छन्। त्योसँगै आफ्नो आफन्त फर्केर आउने आशा पनि उत्तिकै कमजोर हुँदै गइरहेको छ।

‘यो अस्पतालमा मात्र होइनन्,’ एक कर्मचारीले सबै तस्बिरतिर देखाउँदै भनिन्,’काठमाडौंमा करिब १० वटा सरकारी अस्पताल छन्। अहिले यस्तै दृश्य सबै ठाउँमा देख्न सकिन्छ।’

२०१५ को भूकम्पबाट सिकेको अनुभव
अस्पतालभित्र चिकित्सक र कर्मचारीको टोली विपत्तिले ल्याएको अवस्थासँग जुधिरहेको छ। अस्पतालका उपनिर्देशक गोपाल सेढाईका अनुसार पहिलो सूचना आउनासाथ आपत्कालीन कार्यविधि सक्रिय गरिएको थियो। अहिले उनी प्रशासकभन्दा बढी चिकित्सकको भूमिकामा देखिन्छन्।

विनाशकारी २०१५ को भूकम्पका क्रममा प्राप्त अनुभवले अस्पताललाई अहिलेको संकट सामना गर्न पनि सहयोग गरेको छ। ‘हाम्रा विपद् व्यवस्थापन टोली तयारी अवस्थामा थिए,’ उनी भन्छन्। 

विभिन्न वर्गका घाइते तथा प्रभावितलाई राख्न अस्पतालमा थप ठाउँको व्यवस्था गरिएको थियो। अहिलेसम्म ६० भन्दा बढी घाइते अस्पताल भर्ना भएका छन्। तीमध्ये तीन जना सघन उपचार कक्षमा छन्। एक जना बिरामीले चोटकै कारण ज्यान गुमाइसकेका छन्।

तर‚ अस्पतालका लागि सबैभन्दा ठूलो व्यवस्थापकीय चुनौती घाइतेहरू होइनन्। मृतकको व्यवस्थापन रहेको छ। अस्पतालमा करिब ९०० शय्या छन्। तर‚ शव राख्न ५० देखि १०० जनासम्मको मात्र ठाउँ छ।

‘हामी ठूलो संख्यामा मृत्यु भएका मानिसको शव व्यवस्थापन गर्नै सक्दैनौं,’ डाक्टर सेढाई भन्छन्। त्यसैले अस्पताल र सरकारी निकाय मिलेर आपत्कालीन उपाय अघि बढाइरहेका छन्। शवलाई अस्थायी रूपमा गाड्नुअघि डीएनए नमुना लिइएको छ। तस्बिर खिचेर राखिएको छ। त्यसपछि परिवारका सदस्यले पछि दिन मिल्ने गरी शवलाई अस्थायी रूपमा गाडिएको छ।

धेरै नेपालीका लागि यो ठूलो आघात हो। मुख्यतः हिन्दु संस्कृतिमा मृतकको अन्त्येष्टि नदीको किनारमा दाहसंस्कार गरेर गर्ने परम्परा छ। तर‚ विपत्तिको विशालताका कारण अहिले ती परम्पराबाट बाध्यतावश पछाडि हट्न परेको छ। ठूलो संख्यामा शव लामो समयसम्म बेवारिसे अवस्थामा राख्दा स्वास्थ्य जोखिम अत्यधिक हुने सेढाईको भनाइ छ।

‘हामीले सर्न सक्ने रोगबारे पनि सोच्नुपर्छ। हामी त्यो जोखिम मोल्न चाहँदैनौं,’ उनी भन्छन्। अस्पतालबाहिर भने आफन्तको प्रतीक्षा रोकिएको छैन।

एउटा टेबलमा बसेका एक कर्मचारीले बेपत्ता मानिसका नाम लगातार ठूलो ‘माइन्ट’मा टिपिरहेका छन्। प्रहरीका अनुसार ४ हजार ६०६ जना अझै सम्पर्कविहीन छन्। त्यसमध्ये २ हजार ६८३ जना स्वदेशी र ५८३ जना विदेशी नागरिक छन्।

विपत्तिमा हालसम्म १ हजार ६८ वटा शव फेला परेका छन्। मंगलबार रातिसम्म ३० बालक, ३५ बालिका, २३२ महिला र ३७१ पुरुषका शव फेला परेका हुन्। त्यस्तै, चार सय वटा आंशिक मानव अंग फेला परेका छन्।

त्यसमध्ये १ हजार ५६ जनाको शव जाँच भएको प्रहरीले जनाएको छ। ५८ जनाको शव भने सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको छ। अझ ९१३ शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।

उक्त शवलाई पहिचान गर्न वेबसाइटमा ‘अपलोड’ गरिएको छ। सीमाको चिनियाँतर्फ पनि मृतकको संख्या बढिरहेको छ। यद्यपि‚ नेपालको तुलनामा त्यहाँको संख्या निकै कम छ। चीनतर्फ हालसम्म करिब २० जनाको मृत्यु भएको छ।

यी सबै अंकका बीच अस्पताल परिसरमा घुमिरहेका मानिस भने एउटा मात्र नाम खोजिरहेका छन्। पामु तामाङ केही मिटर पर अझै त्यही बेन्चमा बसिरहेकी छन्। उनका बुबा दावा र आमा तेन्साङमुको कुनै अत्तोपत्तो छैन। अहिले उनीसँग उनकी कान्छी बहिनी मात्र छिन्।

तर‚ वरिपरि फैलिएको निराशाले उनलाई रत्तीभर कमजोर बनाएको छैन। उनलाई अर्को सम्भावनामा पनि विश्वास छ। 

‘म आफूलाई सकारात्मक सोचिरहन बाध्य बनाइरहेको छु। मेरो मम्मी ड्याडी अझै हुनुहुन्छ र फर्केर आउनुहुन्छ भन्ने विश्वास छ,’ यति भन्दै उनी दुवै हात जोडेर आकाशतिर हेर्छिन्।

उनी थप्छिन्,‘म भगवानसँग धेरै प्रार्थना गरिरहेको छु। उहाँहरूलाई सकुशल देख्न पाइयोस्। भगवानकै कृपाले उहाँहरू यो कठिन बाटो पार गर्न सक्नुहुन्छ भन्ने कुरामा मेरो पूर्ण विश्वास छ।’

प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३  ०९:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गगन थापाले भने– राजनीतिक यात्रामा धेरै पटक लडेको छु
मतगणना सकियो, दसैँपछि हुने शपथग्रहणसँगै स्थानीय तह निर्वाचनमा होमिँदै गगन नेतृत्वको कांग्रेस
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, साढे १२ बजे बस्ने
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
गगन थापाले भने– राजनीतिक यात्रामा धेरै पटक लडेको छु शुक्रबार, असोज ३०, २०८३
मतगणना सकियो, दसैँपछि हुने शपथग्रहणसँगै स्थानीय तह निर्वाचनमा होमिँदै गगन नेतृत्वको कांग्रेस शुक्रबार, असोज ३०, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, साढे १२ बजे बस्ने शुक्रबार, असोज ३०, २०८३
रास्वपाले खोल्यो नगरका उम्मेदवार बन्न इच्छुकका लागि आवेदन शुक्रबार, असोज ३०, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री पत्नी सविना काफ्लेको शल्यक्रिया, स्वास्थ्य अवस्था सामान्य बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्