• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

भोटेकोशी बाढीले दुई अर्बका सामान बगायो, २० प्रतिशतसम्म मूल्यवृद्धिको जोखिम

64x64
नेपाल लाइभ बुधबार, भदौ १७, २०८३  ०७:५०
1140x725

काठमाडौं– दशैँ–तिहारको मुखमा चीनबाट आउने चाडपर्व लक्षित सामानको आपूर्ति संकटमा परेको छ।

गत बुधबार रसुवागढीमा आएको बाढीले करिब २०० कन्टेनर सामान बगाएको छ। बाढी कारण रसुवागढी नाका ठप्प भएकै बेला तातोपानी नाका पनि अनिश्चितकालका लागि बन्द भएपछि बजारमा केही सामान अभावसँगै करीब २० प्रतिशतसम्म मूल्य बढ्ने जोखिम देखिएको छ।

नेपाल हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष रामहरी कार्कीका अनुसार बाढीमा बगेका गाडीमा लत्ताकपडा, जुत्ता–चप्पल, इलेक्ट्रोनिक्स, फलफूललगायत दशैँ–तिहारका लागि आयात गरिएका सामान थिए।

‘व्यवसायीले चीनबाट आयात गर्न लागेका चाडपर्व लक्षित सामान नै बाढीमा बगेकाले तत्काल बजारमा सामान उपलब्ध नहुने चिन्ता छ,’ कार्कीले भने। यस्तो अवस्थामा चीन सरकारले तातोपानी नाका समेत अनिश्चित कालका लागि बन्द गरेपछि अहिले चीनबाट सामान ल्याउने तत्कालको मुख्य विकल्प कोरोला नाका बनेको छ।

तर तातोपानीबाट एक दिनमै काठमाडौं आइपुग्ने सामान कोरला नाका हुँदै ल्याउँदा ६ देखि १० दिनसम्म लाग्ने भएकाले आपूर्ति व्यवस्थामा थप दबाब परेको छ। ढुवानी लागतसमेत दोब्बरको हाराहारीमा पुगेको छ। यसअघि एउटा कन्टेनरको भाडा करिब १ लाख ७५ हजारदेखि दुई लाख रुपैयाँ रहेकोमा अहिले तीन लाखदेखि चार लाख रुपैयाँसम्म पुगेको कार्कीले बताए। गाडीको अभावका कारण महँगो भाडा तिर्दा पनि कन्टेनर पाउन कठिन रहेको उनको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

ढुवानी लागत बढ्दा बजारमा १० देखि २० प्रतिशतसम्म मूल्यवृद्धि हुनसक्ने उनले बताए। तर मूल्य बढ्नु भन्दा पनि चाडपर्वमा आवश्यक सामान नै अभाव हुन सक्ने जोखिम बढी रहेको उनको भनाइ छ।

समुद्री मार्गबाट सामान ल्याएर तत्कालको समस्या समाधान गर्न पनि सम्भव छैन। चीनबाट स्थलमार्ग हुँदै सामान काठमाडौं आइपुग्न करिब १२–१३ दिन लाग्ने भए पनि समुद्री मार्गबाट ५५ देखि ६५ दिनसम्म लाग्ने भएकाले अहिले पठाइएका सामान दशैँ–तिहारअघि बजारमा आइपुग्ने सम्भावना नरहेको कार्कीले बताए।

बाढीबाट भएको क्षतिको यकिन विवरण तयार भइनसके पनि संघको प्रारम्भिक अनुमानमा करिब दुई अर्ब रुपैयाँभन्दा बढीको सामान नष्ट भएको छ। ‘एउटा गाडीमा ५० लाखदेखि दुई करोड रुपैयाँसम्मको सामान रहेको आधारमा यस्तो अनुमान गरिएको हो,‘ उनले नेपाल न्यूज बैंकसँग भने।

यसबाट सरकारको राजस्वमा समेत प्रत्यक्ष असर पर्ने देखिएको छ। कार्कीका अनुसार रसुवा र तातोपानी नाकाबाट यस वर्ष करिब ५० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य रहेकामा बाढीमा बगेका गाडीका सामानबाट मात्रै व्यवसायीले १७–१८ करोड रुपैयाँ राजस्व तिरिसकेका थिए।

कार्कीले तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन नेपाल सरकारले चीनसँग द्विपक्षीय वार्ता गर्नुपर्नेमा जोड दिएका छन्। दीर्घकालीन रूपमा दोलखाको लामाबगर नाकालाई वैकल्पिक व्यापारिक मार्गका रूपमा विकास गर्नुपर्ने उनको भनाइ छ।

बाढीले रसुवागढी नाकाबाट हुने नेपाल–चीन व्यापार ठप्प भएपछि चीनतर्फ केरुङमा नेपालका लागि समान बाकेर आएका १७६ वटा कन्टेनर रोकिएका छन्। ती गाडीका लागि ७४ जना चालक मात्र रहेकाले सबै सामान एकैपटक ल्याउन समस्या भएको संघले उनले बताए। विशेषगरी फलफूल बोकेका कन्टेनर लामो समय रोकिँदा कुहिने जोखिम बढेको छ।

बाढीबाट संघसँग आबद्ध ७६ जना व्यक्ति अझै बेपत्ता रहेको कार्कीले बताए। बैंकबाट ऋण लिएर दशैँका लागि सामान ल्याएका व्यवसायीको सामान र गाडी गुमेकाले चाडपर्वपछि यसको आर्थिक असर अझ गम्भीर रूपमा देखिन सक्ने उनको भनाइ छ। संघले प्रभावित व्यवसायीलाई नगद सहयोग उपलब्ध गराउने विषयमा समेत छलफल अघि बढाएको जनाएको छ।

प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३  ०७:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१४ सहसचिव र ९ उपसचिवको सरुवा, विभिन्न जिल्लामा सीडीओ फेरिए (सूचीसहित)
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द
अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
सम्बन्धित सामग्री
बाढीले क्षति पुर्‍याएका २० वटा झोलुंगे पुल तत्काल मर्मत गरी सञ्चालनमा ल्याइने क्षतिग्रस्त पुलको मर्मत तथा सञ्चालनमा सरकार युद्धस्तरमा लागेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । शुक्रबार, भदौ १९, २०८३
नेपालमा विदेशी लगानीको वातावरण नभएको भन्दै एनसेलका सीईओले दिए राजीनामा नियुक्ति भएको एक वर्ष पनि नपुग्दै फोलेले राजीनामा दिएका हुन्। स्रोतका अनुसार एनसेलको लगानी, २५ वर्षे अनुमतिपत्रको विवाद, कम्पनीमाथि... शुक्रबार, भदौ १९, २०८३
कृष्णभीरको पहिरो देखाएर निगमसँगको मिलेमतोमा ग्यास उदयोग संघले बढायो मूल्य एलपी ग्यास उद्योग संघले बिहीबार विज्ञप्ति जारी गर्दै काठमाडौंमा ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार १ सय ६५ रुपैयाँ पुगेको जनाएको छ।... शुक्रबार, भदौ १९, २०८३
ताजा समाचारसबै
१४ सहसचिव र ९ उपसचिवको सरुवा, विभिन्न जिल्लामा सीडीओ फेरिए (सूचीसहित) शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए? शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी : राहत, उद्धार र पुनर्स्थापनाका लागि अहिलेसम्म कति देशबाट आयो सहयोग? शुक्रबार, भदौ १९, २०८३
बाढीले क्षति पुर्‍याएका २० वटा झोलुंगे पुल तत्काल मर्मत गरी सञ्चालनमा ल्याइने शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्