बनेपा– बिपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ स्थित डालेबेशीमा आज बेलुका यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ। दुर्घटनामा परी माेटरसाइकल चालक शम्भुकुमार पोखरेलकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ।
_x000D_
_x000D_
काठमाडौंबाट खुर्कोटतर्फ जाँदै गरेको बा ४ ख ६१४ नम्बरको बस र विपरित दिशाबाट आइरहेको बा ५३ प ७९९६ नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा मोटरसाइकलमा सवार उदयपुरको कटारी नगरपालिका–५ का ४५ बर्षीय पोखरेल गम्भीर घाइते भएको र धुलिखेल सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यू भएकोप्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।