काठमाडौं– बाराको विश्रामपुर–३ बाट गत मंगलबार अपहरणमा परेका ११ वर्षीय बालकको भारतमा हत्या भएको घटनामा प्रहरीले एक जना किशोरलाई पक्राउ गरेको छ ।
मधेश प्रदेश प्रहरीका अनुसार गत मंगलबार ९ गते विश्रामपुर गाउँपालिका–३ मुसहर्वाका ११ वर्षीय बालक राजेशकुमार साह हराएका थिए ।
खोजतलास गर्ने क्रममा ११ गते बिहान साढे १० बजे बिहारको मोतीहारीको नुनियाडी पञ्चायत वडा नम्बर १ सिंहा नदी किनारमा मृत अवस्थामा फेला परेका थिए ।
त्यसपछि प्रहरी उक्त घटनाको सीसीटीभी फुटेजका आधारमा मसहर्वाकै १७ वर्षीय किशोरलाई हत्या आरोपमा पक्राउ गरेको छ । उनलाई पक्राउ गर्ने क्रममा भारतीय प्रहरीकोसमेत सहयोग लिइएको थियो ।
शव फेला परेकै ठाउँमा ती आरोपीले बालक साहलाई मारेर फालेको अनुसन्धानका क्रममा खुलेको छ । उनीविरुद्ध अपहरण, कर्तव्य ज्यान कसुरमा पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको मधेश प्रदेश प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।