काठमाडौं– सरकारले बाढी प्रभावित क्षेत्रका लागि मंगलबार एक अर्ब रुपैयाँ निकाशा गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत प्रभावित स्थानीय तहमा आवश्यकताअनुसार उपलब्ध गराउन निर्देशन दिइसकेको प्रधानमन्त्री बालेन्द्र शाहले जानकारी दिएका छन् ।
उक्त रकममध्ये आजै ३ जिल्लाका १५ स्थानीय तहका लागि ६ करोड ७५ लाख रुपैयाँ निकासा भइसकेको प्रधानमन्त्री शाहको भनाइ छ ।
सरकारले बाढी आएलगत्तै प्रभावित रसुवा र नुवाकोटका लागि १/१ करोड रुपैयाँ र धादिङका लागि ५० लाख रुपैयाँ पठाएको थियो। साथै, प्रभावित स्थानीय तहका लागि ६ करोड ७५ लाख रुपैयाँ समेत निकासा गरेको थियो।
बाढी प्रभावितहरुलाई व्यवस्थित रुपमा राहत वितरण कार्य जारी रहेको शाहले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।