काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको नागार्जुन नपा–१ रानिवनस्थित बालविकास माध्यमिक विद्यालयका प्रधानाध्यापक मैयादेवी मल्लसहित सात जनाविरुद्ध भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।
_x000D_
_x000D_
आयोगका अनुसार आरोपी मल्लले २०७४ भदौ महिनादेखि माघ महिनासम्म करिब ६ महिना विदा स्वीकृत नगराई क्यानडामा बसेको र नेपाल फर्केपछि सो अवधिको सम्पूर्ण हाजिर एकैपटक गरी तलब बुझिलिएको आरोप लागेको छ।
_x000D_
_x000D_
गैरकानूनीरुपमा हाजिर गरी एकैपटक १ लाख ६२ हजार ७ सय ५३ बराबरको तलब, भत्ता, दसैं खर्च, सञ्चयकोष थप रकम, बिमा थप रकम र प्रधानाध्यापक भत्तासमेत बुझेको आयोगको अनुसन्धानबाट खुलेको छ।
_x000D_
_x000D_
आयोगकाअनुसार आफ्नो क्षेत्राधिकारभन्दा बाहिर कानुनविपरीत तलबी बिदा स्वीकृत गरी मल्ललाई कसुर गर्न प्रत्यक्षरूपमा सहयोग गरेको आरोपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण लामा, सदस्य नानीमैया लामा, विना श्रेष्ठ, लवेन्द्रबहादुर शाही, मनोज लामा, शिक्षक प्रतिनिधि जीतेन्द्र लामा र लेखापाल विपल लामाविरुद्ध मुद्दा दर्ता गरिएको छ।
_x000D_
_x000D_
यस्तै रत्नराज्य लक्ष्मी माध्यमिक विद्यालय, द्वारी, नवलपरासीका अस्थायी शिक्षक ज्योतिप्रकाश अर्यालको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा आजै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।