• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

भोटेकोशी बाढी : मैदानमा व्यवस्थापन छैन, सामाजिक सञ्जालमा ‘हाउगुजी’

64x64
नेपाल लाइभ मंगलबार, भदौ १६, २०८३  ११:१४
1140x725

काठमाडौं– भोटेकोशी बाढीले देशका विभिन्न क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। विपद् व्यवस्थापनबारे प्रश्नहरु उठन थालेको छ ।  विपत्तिको सात दिन बित्दा पनि सरकारको खोज, उद्धार, राहत र समन्वयको कार्यशैलीमाथि गम्भीर प्रश्न उठिरहेका छन्। संकटको आकार बढ्दै जाँदा राज्यको संयन्त्र अझ प्रभावकारी हुनुपर्ने हो। तर अहिले उल्टो अवस्था देखिएको छ—विपत्ति गहिरिँदै जाँदा सरकारको व्यवस्थापन क्षमता झन् कमजोर देखिएको टिप्पणी हुन थालेको छ।

प्रधानमन्त्री वालेन्द्र शाह बालेन सामाजिक सञ्जालमार्फत दैनिकजसो उद्धार तथा व्यवस्थापनसम्बन्धी रिपोर्ट सार्वजनिक गरिरहेका छन्। रिपोर्ट सार्वजनिक हुनु नराम्रो होइन। तर जनतालाई सरकारका गतिविधिबारे जानकारी दिनु आवश्यक पनि हुन्छ। संकटमा परेका परिवारका लागि सामाजिक सञ्जालमा आउने रिपोर्टभन्दा महत्वपूर्ण कुरा आफ्ना आफन्तको अवस्था थाहा पाउनु र समयमै उद्धार हुनु हो । सात दिनसम्म हजारौं नागरिकको अवस्था यकिन हुन नसक्नु र बेपत्ताको खोजी प्रभावकारी रूपमा अघि बढ्न नसक्नुले सरकारी संयन्त्रको कार्यक्षमतामाथि प्रश्न उठाएको छ।

प्रभावित क्षेत्रमा राहतको अवस्था सन्तोषजनक देखिएको छैन। पीडितहरू आधारभूत आवश्यकता पूरा गर्न संघर्ष गरिरहेका बेला विभिन्न देश तथा संघसंस्थाबाट प्राप्त सहयोग लक्षित समुदायसम्म पुग्न नसकेको गुनासो सुनिन थालेको छ । विपत्तिका बेला राहत कहाँबाट आयो भन्नेभन्दा पनि राहत कति छिटो पीडितको हातमा पुग्यो भन्ने महत्वपूर्ण विषय हुन जान्छ । राहत वितरणको नाममा कागजी प्रक्रिया, समन्वयको अभाव वा केन्द्रीय नियन्त्रणले पीडितलाई थप पीडा दिने अवस्था आउन नदिनेतर्फ सरकार सचेत हुनु पर्दछ ।

सबैभन्दा संवेदनशील र जटिल त जलविद्युत् आयोजनाका सुरुङमा फसेका इन्जिनियर तथा कामदारको उद्धार हो। सुरुङभित्र फसेका सयौं मानिसको जीवन बचाउन राज्यले उपलब्ध सबै स्रोत, प्रविधि, विज्ञता र जनशक्ति तत्काल परिचालन गर्नुपर्ने थियो। बाह्य स्रोत तथा आवश्यक उपकरण परिचालनमा भएको ढिलाइले सरकार संकटको गम्भीरता बुझ्नै ढिला गर्दैछ भन्ने सन्देश गएको छ । विपत्तिमा केही घण्टाको ढिलाइ सामान्य प्रशासनिक ढिलाइ होइन, त्यो कसैको जीवन र मृत्युबीचको अन्तर बन्न सक्छ।

गम्भीर संकटमा मन्त्रीहरूको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ। देशभरको सुरक्षा संयन्त्रबीच समन्वय गर्नुपर्ने गृहमन्त्री सुदन गुरुङ प्रभावित क्षेत्रमा पुगेर आफैं बेल्चा लिएर काम गरेको दृश्य भावनात्मक रूपमा सकारात्मक देखिन सक्छ। तर प्रश्न भावनाको होइन, जिम्मेवारीको हो। गृहमन्त्रीको प्राथमिक काम उद्धारकर्मीको ठाउँमा बेल्चा चलाउनु होइन, देशभर परिचालित सुरक्षा निकायलाई स्पष्ट निर्देशन दिनु, स्रोतसाधनको व्यवस्थापन गर्नु, विभिन्न निकायबीच समन्वय गर्नु र जहाँ जनशक्ति तथा उपकरणको अभाव छ, त्यहाँ तत्काल व्यवस्था गर्नु हो। तर उनले यो दायित्व भुसुक्कै भुलेर हो वा नजानेर बेल्चा चलाउने रहर गरे । 

Ncell 2
Ncell 2
nimb
nimb

मन्त्री घटनास्थलमा पुग्नु गलत होइन। संकटका बेला नेतृत्व घटनास्थलमा पुग्दा उद्धारकर्मीको मनोबल बढ्छ।  त्यहाँ पुगेर स्वयं अभियन्ताको भूमिकामा सीमित भयो भने समग्र कमान्ड र नियन्त्रण कसले गर्ने भन्ने प्रश्न चाहिँ उठ्छ। देशभरको सुरक्षा निकायको कमान्ड सम्हाल्ने जिम्मेवारी बोकेको व्यक्ति नै श्रमिकको भूमिकामा देखिन थालेपछि प्रश्न उठनु स्वाभाविक हो । 

अझ अर्को गम्भीर प्रश्न राजनीतिक समन्वयको हो। यस्तो राष्ट्रिय विपत्तिमा सरकार एक्लै निर्णय गरेर अघि बढ्न खोज्नु बुद्धिमानी होइन। संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दल, विज्ञ, सुरक्षा निकाय, स्थानीय तह र प्रभावित क्षेत्रका प्रतिनिधिसँग तत्काल छलफल गरेर साझा रणनीति बनाउनुपर्ने थियो। यी सबैमा सरकार चुकेको भान हुन्छ । 

अहिलेको संकटमा प्रधानमन्त्रीको भूमिका सामाजिक सञ्जालमा सेनाबाट प्राप्त रिपोर्ट पोस्ट गर्ने र दैनिक गतिविधिको विवरण सार्वजनिक गर्नेमा मात्र सीमित देखिनु हुँदैन। देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीले रिपोर्ट सुन्ने मात्र होइन, रिपोर्टका आधारमा निर्णय गर्नुपर्छ। कहाँ उद्धार रोकिएको छ, किन रोकिएको छ, कुन उपकरण आवश्यक छ, कुन निकायले काम गरिरहेको छैन र कसलाई तत्काल जिम्मेवारी तोक्नुपर्छ—यी प्रश्नको जवाफ खोज्ने र त्यसअनुसार आदेश दिने जिम्मेवारी प्रधानमन्त्रीकै हो।

Xtrem
Xtrem

भोटेकोशीको बाढी प्राकृतिक विपत्ति हो। यसबाट भएको सबै क्षतिको दोष सरकारमाथि थोपर्न मिल्दैन। तर विपत्तिपछि राज्यले कसरी प्रतिक्रिया दियो भन्ने प्रश्नको जिम्मेवारीबाट सरकार उम्कन सक्दैन। नागरिकको जीवन बचाउने समय सकिएपछि दिइने राहत, क्षतिपूर्ति र रिपोर्टले गुमेको जीवन फर्काउन सक्दैन।

त्यसैले अहिले सरकारबाट सामाजिक सञ्जालको सक्रियता होइन, मैदानमा देखिने परिणाम खोजिएको छ। रिपोर्टभन्दा उद्धार, घोषणाभन्दा राहत र प्रचारभन्दा समन्वय आवश्यक छ। भोटेकोशीको बाढीले सरकारको परीक्षा लिइरहेको छ। यो परीक्षामा सरकारको सफलता प्रधानमन्त्रीले कति पोस्ट गरे भन्नेबाट होइन, कति नागरिकलाई समयमै बचाए, कति बेपत्ताको खोजी गरे र कति पीडितको हातमा राहत पुर्‍याए भन्नेबाट तय हुनेछ।

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३  ११:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध
सम्बन्धित सामग्री
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज १५, २०८३
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन्। बिहीबार, असोज १५, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८४१ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य बिहीबार, असोज १५, २०८३
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न बिहीबार, असोज १५, २०८३
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित बिहीबार, असोज १५, २०८३
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्