• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ १५, २०८३ Mon, Aug 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

एक करोड सहयोग हस्तान्तरण गर्दै एनआरएनए अध्यक्षले भने : ‘विश्वभरका नेपाली जुटेका छौं’

64x64
नेपाल लाइभ सोमबार, भदौ १५, २०८३  २०:१७
1140x725

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहयोगका लागि नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ ।

सोमबार एनआरएनएका पदाधिकारीसहितको टोलीले परराष्ट्र मन्त्रालय पुगेर परराष्ट्रमन्त्री शिशिर खनाललाई एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेको हो । 

सहयोग रकम हस्तान्तरण कार्यक्रममा परराष्ट्रमन्त्री खनालले बाढी तथा पहिरोबाट भएको क्षति तत्कालीन उद्धार तथा राहतमा मात्र सीमित नरहेको भन्दै पुनर्स्थापना र पुनर्निर्माणका लागि समेत ठूलो स्रोत आवश्यक पर्ने बताए ।

उनले विपद्पछि तत्काल उद्धारसँगै जनस्वास्थ्य, शव व्यवस्थापन, राहत वितरण तथा विस्थापित नागरिकको व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए ।

ठूलो संख्यामा नागरिकले घरबार तथा व्यवसाय गुमाएकाले त्यसपछि निजी तथा सार्वजनिक संरचनाको पुनर्निर्माण गर्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो । 

मन्त्री खनालले अर्थमन्त्रीले प्रारम्भिक अनुमानका आधारमा विपद्बाट करिब पाँच अर्ब अमेरिकी डलर बराबरको क्षति भएको हुनसक्ने सार्वजनिक रूपमा बताएको उल्लेख गर्दै नेपाल सरकारले मात्रै पुनर्निर्माण गर्न नसक्ने बताए ।

उनले भने, ‘अहिलेको प्रारम्भिक चरणपछि अझै थुप्रै हाम्रा आवश्यकताहरू बढ्दै जानेछन् र ती आवश्यकताहरू नेपाल सरकार एक्लै गर्न सक्छौं भन्ने लाग्दैन ।’

उनले उद्धार तथा राहतसँगै पुनर्स्थापना र पुनर्निर्माणका चरणमा समेत अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक रहेको बताए ।

nimb
nimb

मन्त्री खनालले एनआरएनएसँग सबै चरणमा सहकार्य हुने विश्वास व्यक्त गर्दै राहत वितरण गर्दा स्थानीय तहसँग समन्वय गर्न आग्रह गरे । 

उनले राहत वितरणमा दोहोरोपन नहोस् र वास्तविक पीडितसम्म राहत पुग्ने सुनिश्चित गर्न सरकारले ‘वान डोर’ नीति अघि बढाएको बताए । राहत वितरणअघि र पछि आवश्यक जानकारी सरकारलाई उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो । 

उनले पछिल्लो विपद् सामान्य बाढीभन्दा फरक प्रकृतिको रहेको बताए । नुवाकोटको विदुर पुगेर प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिएको उल्लेख गर्दै उनले रसुवा र नुवाकोटका थुप्रै बस्तीमा विपद्ले ठूलो असर गरेको बताए ।

एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले संघले बाढी प्रभावितका लागि प्रारम्भिक चरणमा पाँच करोड रुपैयाँ बराबरको राहत सहयोग गर्ने योजना बनाएको बताए ।

उनका अनुसार बाढी आएको भोलिपल्टदेखि नै एनआरएनएका पदाधिकारी तथा स्वयंसेवकहरू प्रभावित क्षेत्रमा पुगेर राहत वितरणमा जुटेका छन् । नुवाकोटको विदुर नगरपालिकाका विभिन्न क्षेत्रमा पहिलो र दोस्रो दिन राहत सामग्री वितरण गरिएको उनले बताए ।

त्यसैगरी एनआरएनए एनसीसी चीनका प्रतिनिधिहरूले रसुवाका विभिन्न क्षेत्रमा पुगेर बालबालिकाका लागि लत्ताकपडा वितरण गरेको र एनआरएनएको हेल्थ कमिटीको संयोजनमा स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको अध्यक्ष शर्माले जानकारी दिए ।

उनले सरकारसँग समन्वय गरेर प्रारम्भिक राहतदेखि पुनर्निर्माणसम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष शर्माले एनआरएनएको पाँच करोड रुपैयाँ सहयोग प्रारम्भिक रूपमा प्रतीकात्मक सुरुवात भएको भन्दै पुनर्निर्माणका क्रममा त्यसभन्दा बढी सहयोग गर्न सकिने बताए ।

उनका अनुसार हाल एनआरएनएका राष्ट्रिय समन्वय परिषद्मार्फत विदेशमा रहेका गैरआवासीय नेपालीहरूबाट राहतका लागि रकम संकलन भइरहेको छ । पछिल्ला केही दिनमै करिब साढे ६ करोड रुपैयाँ बराबरको सहयोग प्रतिबद्धता प्राप्त भइसकेको उनले बताए ।

शर्माले प्रभावित पाँच जिल्लाका परिवारका सदस्यहरू ठूलो संख्यामा विदेशमा रहेकाले उनीहरूसँग समन्वय गरी परिवारसम्म सहयोग पुर्याउने काममा पनि एनआरएनए केन्द्रित रहेको बताए ।

उनले गैरआवासीय नेपालीहरूले आर्थिक सहयोगसँगै सम्बन्धित देशका सरकार, नागरिक तथा संघसंस्थामार्फत नेपालमा भएको विपद्बारे जानकारी गराउने कामसमेत गरिरहेको बताए ।

अध्यक्ष शर्माले पुनर्निर्माणका क्रममा नेपाललाई आवश्यक पर्ने दक्ष जनशक्ति उपलब्ध गराउनसमेत एनआरएनए तयार रहेको बताए ।

प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३  २०:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना
तत्काल तीन ठाउँमा बेलिब्रिज राख्न अध्ययन सुरु
प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपद्वारा १० करोड सहयोग
सम्बन्धित सामग्री
प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपद्वारा १० करोड सहयोग ढकालका अनुसार उक्त रकमको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको हो । उनले विपद्पछि राहत तथा उद्धारका लागि निजी क्षेत्र, आम नागरिक र सर... सोमबार, भदौ १५, २०८३
एक करोड सहयोग हस्तान्तरण गर्दै एनआरएनए अध्यक्षले भने : ‘विश्वभरका नेपाली जुटेका छौं’ सहयोग रकम हस्तान्तरण कार्यक्रममा परराष्ट्रमन्त्री खनालले बाढी तथा पहिरोबाट भएको क्षति तत्कालीन उद्धार तथा राहतमा मात्र सीमित नरहेको... सोमबार, भदौ १५, २०८३
विपद् प्रतिकार्य र पुनर्निर्माणका लागि पाँचवटा कार्यदल गठन गरिने, कोष परिचालनमा ढिलाइ नगर्न अर्थमन्त्रीको निर्देशन सोमवार सिंहदरबारमा आयोजित सरोकारवाला निकायहरूको बैठकमा बोल्दै उनले उद्धार, राहत र पुनर्निर्माणलाई थप व्यवस्थित बनाउन पाँचवटा छुट्टाछ... सोमबार, भदौ १५, २०८३
ताजा समाचारसबै
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
तत्काल तीन ठाउँमा बेलिब्रिज राख्न अध्ययन सुरु सोमबार, भदौ १५, २०८३
प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपद्वारा १० करोड सहयोग सोमबार, भदौ १५, २०८३
बाढी प्रभावितलाई औषधि आयातकर्ता संघद्वारा तीन करोड वराबरको सामग्री हस्तान्तरण सोमबार, भदौ १५, २०८३
एक करोड सहयोग हस्तान्तरण गर्दै एनआरएनए अध्यक्षले भने : ‘विश्वभरका नेपाली जुटेका छौं’ सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति घोषणा  (सूचीसहित) आइतबार, भदौ १४, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? सोमबार, भदौ १५, २०८३
बाढीबाट ज्यान जोगाएका इन्जिनियरको अनुभव : ‘अगाडि बढ्न सकिन, पछाडि भीषण बाढी थियो’ आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्