कैलाली- स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपालले ७७ वटा जिल्लाका स्वास्थ्य/जन स्वास्थ्य कार्यालयलाई मात्र निरन्तरता दिन प्रदेश सरकारलाई अनुरोध गरेको प्रति ध्यानाकर्षण जनाएको छ।
_x000D_
_x000D_
मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर शुशीलनाथ प्याकुरेलको संयोजकत्वमा रहेको संघीय व्यवस्थापन समितिले ५ गते जिल्ला स्वास्थ्य/जनस्वास्थ्य कार्यालयलाई प्रदेश सरकार मातहात रहने प्रदेश सरकारलाई परिपत्र गरिसकेको छ।
_x000D_
_x000D_
संघका महासचिव हेमराज खडकाले हस्ताक्षर गरेकाे विज्ञप्तीमा भनिएको छ, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समग्र स्वास्थ्य सेवालाई संस्थागत विकास तथा प्रवर्द्धन गर्नुपर्ने नैतिक जिम्मेवारी भएकोमा कुनै एक स्वास्थ्य ईकाइ, पेसा तथा समूहको मात्र वकालत गरिनु सान्दर्भिक देखिँदैन्,’ महासचिव हेमराज खडकाले भने, ‘यसरी अल्पकालीन निर्णय गरिनु तथा संघीय व्यवस्था विपरित जिल्लामा स्वास्थ्य कार्यालय स्थापनाका लागि मात्र लाग्नुको कुनै तार्किक तथा तुक देखिँदैन।
_x000D_
_x000D_
जबकी प्रत्येक स्थानीय तहसम्म स्वास्थ्य सेवा व्यवस्थित गर्नुपर्दछ।’ उनका अनुसार नेपाल सरकारको निर्णयअनुसार साविकको क्षेत्रीय स्वास्थ्य निर्देशनालय, क्षेत्रीय मेडिकल स्टोर तथा जिल्ला स्वास्थ्य/जनस्वास्थ्य कार्यालयको खारेजी तथा त्यसपश्चात ३५ स्वास्थ्य डिभिजन कार्यालयहरू कायम गर्ने निर्णय भइसकेको थियो।
_x000D_
_x000D_
संघले प्रदेश स्वास्थ्य प्रवर्द्धन तथा तालिम केन्द्र, जनस्वास्थ्य प्रयोगशाला, स्वास्थ्य सामाग्री तथा औषधी व्यवस्थापन केन्द्र महत्वपूर्ण निकाय भएकाले संघ, प्रदेश र स्थानीय तहसम्म संगठन, संरचना तथा दरबन्दी हुन आवश्यक रहेकाले यथाशीघ्र व्यवस्थापन गर्न माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।