काठमाडाैं– नवनियुक्त नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले आज आफ्नो ओहोदाको प्रमाणपत्र राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेस गरेका छन्। उनी २००७ देखी २००९ सम्म नेपालमा दूतावास उप–प्रमुखका रुपमा पनि काम गरेका थिए।
_x000D_
_x000D_
नेपालमा राजदूत नियुक्त हुनुपूर्व उनी नेदरल्याडको राजधानी आम्सटडमस्थित अमेरिकी दूतावासमा कान्सुलरका रुपमा कार्यरत थिए। उनीसँग कूटनीतिक क्षेत्रमा काम गरेको २५ वर्षको अनुभव रहेको छ।
_x000D_
_x000D_
२०१५ मा अमेरिकी विदेश सचिव जोन केरीले विदेशमा एलजीबीटीको अधिकारलाई बढाउन केरीलाई विशेष अमेरिकी दूतका रुपमा नियुक्त गरेका थिए।
_x000D_
_x000D_
बेरी समलिङ्गि हुन्। गत सक्टेम्बर १२ मा नेपालका लागी राजदूत नियुक्त भएका बेरीले आज आफ्नो ओहोदाको प्रमाणपत्र राष्ट्रपति समक्ष प्रस्तुत गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।