काठमाडाैं– मलेसिया सरकारले आगामी वर्षदेखि रोजगारीका लागि आउने आप्रवासी कामदारलाई सामाजिक सुरक्षा कोष (सोस्को)को दायराभित्र ल्याउने भएको छ।
_x000D_
_x000D_
मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरनले आगामी जनवरीदेखि आप्रवासी कामदारलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने घोषणा गरेको छन्।
_x000D_
_x000D_
बिहीबार यसको घोषणा गर्दै कुलासेगरनले अन्तर्राष्ट्रिय श्रम संगठन(आइएलओ) को मापदण्ड अनुरुप मुलुकको कानुनी व्यवस्था मिलाउने तयारी सरकारले गरिरहेको जानकारी गराएका थिए।
_x000D_
_x000D_
हाल मलेसियामा वैधानिक रुपमा कार्यरत १९ लाखभन्दा धेरै आप्रवासी कामदार रहेका छन्। १९५२ देखि मलेसिया सरकारले विदेशी कामदारका हकमा वर्कमेन्स कम्पनसेसन कानुन अन्तर्गत सुविधा पाउँदै थिए।
_x000D_
_x000D_
अब यो प्रक्रियालाई परिवर्तन गरेर विदेशी श्रमिकलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याउने योजना रहेको मन्त्री कुलासेगरनलाई उद्धत गदै मलेसियन सञ्चारमाध्यम अनलाइन एफएमटि न्युजले जनाएको छ।
_x000D_
_x000D_
हाल, हकमा वर्कमेन्स कम्पनसेसनमार्फत रोजगारदाता कम्पनीले विदेशी श्रमिकलाई विमा उपलब्ध गराउँदै आएको छ।
_x000D_
_x000D_
कोषमा सहभागिताका लागि प्रति कामदार १४ देखि १५ रिंगिटसम्म शूल्क बुझाउनु पर्ने मन्त्री कुलासेगरनको भनाइ छ। यो रकम रोजगारदाता कम्पनीले नै ब्यहोर्नु पर्ने बताइएको छ।
_x000D_
_x000D_
कोषमा सहभागी श्रमिकले बिरामी भएर अस्पतालमा उपचार गराउँदा पाउने रकममा वृद्धि हुनेछ भने बिमा वापतको सुविधामा पनि वृद्धि अनुमान गरिएको सञ्चार माध्यममा उल्लेख गरिएको छ।
_x000D_
_x000D_
आगामी वर्षदेखि सञ्चालन गरिने नयाँ व्यवस्थाले हाल प्रदान गरिँदै आएको सीमित क्षतिपूर्तिको दायरालाई फराकिलो बनाउँदै लैजाने बताइएको छ।
_x000D_
_x000D_
मलेसिया सरकारले आगामीदेखि सञ्चालनमा ल्याउने सामाजिक सुरक्षा कोषबाट करिब त्यहाँ कार्यरत करिब ३ नेपाली कामदार लाभान्वित हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।