• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

प्रधानमन्त्री बालेनलाई अपर त्रिशूली–३ बी आयोजनाबाट हराएका इन्जिनियरकी बहिनीको मार्मिक पत्र

64x64
नेपाल लाइभ सोमबार, भदौ १५, २०८३  १२:११
1140x725

काठमाडौं – अपर त्रिशूली–३ बी आयोजनामा बाढीपछि सम्पर्कविहीन भएका इन्जिनियर हेमन्तराज जोशीकी बहिनी साबित्री जोशीले प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गर्दै आफ्ना दाइको खोजी तथा उद्धारका लागि प्रभावकारी पहल गरिदिन आग्रह गरेकी छन्।

छ दिनदेखि परिवारजन आफ्ना आफन्त सकुशल भेटिने आशामा पर्खिरहेको उल्लेख गर्दै उनले सम्पर्कविहीन भएका व्यक्तिहरूलाई केवल तथ्यांक वा संख्याका रूपमा नहेर्न आग्रह गरेकी छन्।

प्रधानमन्त्रीलाई लेखेको पत्रमा साबित्रीले भनेकी छन्, “अपर त्रिशूली–३ बी आयोजनामा सम्पर्कविहीन भएका हरेक व्यक्ति केवल एउटा संख्या होइनन्। उनीहरू कसैका छोरा हुन्, कसैका दाइभाइ हुन्, कसैका श्रीमान् हुन्, कसैका बाबु हुन्, कसैका परिवारका सहारा हुन्।”

 यस्तो छ पत्र:

सम्माननीय प्रधानमन्त्रीज्यू,

छ दिनदेखि धेरै परिवार एउटै आशामा बाँचेका छन्—आफ्ना मान्छे सकुशल भेटिनेछन्। अपर त्रिशूली–३ बी आयोजनामा सम्पर्कविहीन भएका हरेक व्यक्ति केवल एउटा संख्या होइनन्। उनीहरू कसैका छोरा हुन्, कसैका दाइभाइ हुन्, कसैका श्रीमान् हुन्, कसैका बाबु हुन्, कसैका परिवारका सहारा हुन्।

तीमध्ये मेरो दाइ इन्जिनियर हेमन्तराज जोशी पनि पर्नुहुन्छ।

छैटौँ दिनदेखि हाम्रो परिवारको हरेक घण्टा डर, पीडा, आशा र आँसुबीच बितिरहेको छ। हरेकपटक फोन बज्दा मनले भन्छ—‘दाइ भेटिनुभयो भन्ने खबर आयो होला।’ तर फोन उठाउँदा फेरि निराशा मात्र हात लाग्छ।

Ncell 2
Ncell 2
nimb
nimb

प्रधानमन्त्रीज्यू,

कसैलाई दोष लगाउनु छैन। हामीलाई आरोप–प्रत्यारोप गर्नु छैन। राजनीति गर्नु छैन। कसैको भावनामा खेल्नु पनि छैन। हामीलाई केवल हाम्रा मान्छे चाहिएको हो।

जसरी हिजो हामीले आशा र विश्वासका साथ यो सरकारलाई आफ्नो मत दिएर पठायौँ, आज त्यही राज्यसँग संकटमा परेका आफ्ना नागरिकको जीवन बचाइदिन आग्रह गरिरहेका छौँ। राज्यलाई प्रश्न गर्नु हाम्रो अधिकार हो। सहयोग माग्नु अधिकार हो। आफ्ना सन्तानको जीवनका लागि सरकारसँग गुहार माग्नु कुनै राजनीति होइन। सामाजिक सञ्जालमा एक–अर्कालाई दोष लगाउने, परिवारजनलाई थप त्रसित बनाउने, पीडामाथि पीडा थप्ने वा अनावश्यक राजनीतिक बहस गर्नेभन्दा अहिले उद्धारमा केन्द्रित होऔँ।

हिजो के भयो, कुन देशमा के भएको थियो, कसले के गरेको थियो भन्ने अनुभव र उदाहरणहरू हामीले पनि बुझेका छौँ। अहिले हामीलाई त्यसको पाठ पढाउनुभन्दा हाम्रा मान्छे खोज्न र बचाउन सहयोग चाहिएको छ।

Xtrem

Xtrem

प्रधानमन्त्रीज्यू,

उद्धार कठिन छ। भूगोल कठिन छ। सुरुङभित्र जोखिम छ—हामी बुझ्छौँ। ज्यान जोखिममा राखेर उद्धारमा खटिनुभएका सेना, प्रहरी, सुरक्षाकर्मी, प्राविधिक तथा सम्पूर्ण उद्धार टोलीप्रति हाम्रो उच्च सम्मान छ। मानव जीवनभन्दा ठूलो कठिनाइ अर्को हुन सक्दैन। आवश्यक उपकरण नेपालमा छैन भने विदेशबाट ल्याइयोस्। पर्याप्त प्राविधिक जनशक्ति छैन भने थप जनशक्ति ल्याइयोस्। विशेषज्ञ आवश्यक छन् भने देश–विदेश जहाँबाट सम्भव हुन्छ, बोलाइयोस्।

एउटा बाटो बन्द छ भने अर्को बाटो खोजियोस्। एउटा प्रविधिले काम गरेन भने अर्को प्रविधि प्रयोग गरियोस्। समयलाई त्यसै बित्न नदिइयोस्।

हामीलाई केवल ‘खोजी भइरहेको छ’ भन्ने जानकारी मात्र होइन, खोजी कहाँसम्म पुग्यो, कुन–कुन क्षेत्रमा खोजी भइरहेको छ, के–कस्ता प्रविधि प्रयोग भइरहेका छन् र अबको कार्ययोजना के हो—त्यसको स्पष्ट र नियमित जानकारी चाहिएको छ। यदि सुरुङभित्र छन् भने उनीहरूको अवस्था पत्ता लगाइयोस्। अन्यत्र पुगेका हुन सक्छन् भने सम्भावित सबै स्थानमा खोजी गरियोस्।

सुरुङ, पावरहाउस, पहुँचमार्ग, नदी आसपास तथा उनीहरू पुग्न सक्ने हरेक सम्भावित स्थानमा खोजी गरियोस्। कुनै सम्भावना बाँकी नराखियोस्। विकल्प बाँकी नराखियोस्। अन्तिम सम्भावनासम्म पुगेर खोजी गरियोस्।

प्रधानमन्त्रीज्यू,

आज हाम्रो परिवार मात्र रोइरहेको छैन। कसैकी आमा छोराको बाटो हेर्दै हुनुहुन्छ। कसैका बुबा आफ्नो सन्तानको खबर पर्खिरहेका छन्। कसैकी श्रीमती श्रीमान्को फोनको प्रतीक्षामा छिन्। कसैका छोराछोरी ‘बाबा कहिले आउने हुन्?’ भनेर सोधिरहेका होलान्। त्यसैले यो केवल एउटा उद्धार अभियान होइन—उद्धार राज्यको मानवीय दायित्व र परीक्षा हो।

अन्ततः कुनै अनिष्ट भएको पुष्टि हुन्छ भने पनि परिवारलाई केवल शव संकलन गरेर आफ्नो जिम्मेवारी पूरा भएको अनुभूति गराउनु पर्याप्त हुँदैन। प्रत्येक परिवारलाई सत्य, पहिचान, सम्मान र आफ्ना प्रियजनको अन्तिम संस्कार गर्ने अधिकार सुनिश्चित गरिनुपर्छ।

अहिले नै आशा छोड्ने समय होइन। अझै आशावादी छौँ। सायद हाम्रा मान्छेहरू जीवितै छन्। उनीहरू उद्धार टोलीको प्रतीक्षामा छन्।

सायद अझै ढिला भएको छैन।

त्यसैले, प्रधानमन्त्रीज्यू—

कृपया सम्पूर्ण राज्य संयन्त्र परिचालन गरियोस्। कृपया उद्धारमा कुनै स्रोत–साधनको कमी हुन नदिइयोस्। आवश्यक परे देश–विदेशबाट उपकरण र विशेषज्ञ ल्याइयोस्। हरेक सम्भावित विकल्प प्रयोग गरियोस्।

कृपया हाम्रा मान्छेहरूलाई सकुशल घर फर्काउने अन्तिम प्रयाससम्म हार नमान्नुहोस्। हामी सरकारको साथमा छौँ।

उद्धार टोलीको साथमा छौँ। राज्यका हरेक सकारात्मक प्रयासको साथमा छौँ। हाम्रो साथ र समर्थनको अर्थ चुप लागेर बस्नु चाहिँ होइन, बरु सरकारलाई अझ बलियो भएर काम गर्न आग्रह गर्नु हो।

हामीलाई फेसबुकका ठूला–ठूला स्टाटस होइन, हाम्रा मान्छेको खबर चाहिएको छ। हामीलाई बहाना होइन, परिणाम चाहिएको छ। तत्काल उद्धार चाहिएको छ। सत्य जानकारी चाहिएको छ।

र सबैभन्दा ठूलो कुरा—हामीलाई हाम्रा मान्छे चाहिएका छन्। दाइ चाहिएका छन्। हाम्रा सन्तान चाहिएका छन्। सकुशल घर फर्किएको हेर्न चाहेका छौँ।

प्रधानमन्त्रीज्यू,

मेरो दाइ इन्जिनियर हेमन्तराज जोशीलाई खोजियोस्। प्रतीक्षामा रहेका अरू सबैलाई खोजियोस्। परिवारजनको आशालाई निराशामा परिणत हुन नदिइयोस्। कृपया ढिला नगरियोस्। उद्धारमा सम्पूर्ण शक्ति लगाइयोस्। हाम्रा मान्छेहरूलाई सकुशल घर फर्काइयोस्।

लेखक भोटेकोशी बाढीपछि सम्पर्कविहीन इन्जिनियर हेमन्तराज जोशीकी बहिनी हुन्।
 

प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३  १२:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कुटपिटको आरोपमा पक्राउ परेका नेकपा नेता धरौटीमा छुटे
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न
सम्बन्धित सामग्री
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज १५, २०८३
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन्। बिहीबार, असोज १५, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८४१ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
कुटपिटको आरोपमा पक्राउ परेका नेकपा नेता धरौटीमा छुटे बिहीबार, असोज १५, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य बिहीबार, असोज १५, २०८३
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न बिहीबार, असोज १५, २०८३
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्