डडेल्धुरा– परशुराम नगरपालिकाको कार्यालय सार्ने विषयमा चुलिएको विवाद साम्य भएको छ।
_x000D_
_x000D_
नगरपालिकाको आफ्नै भवनको निर्माण कार्य सम्पन्न भएपछि नयाँ भवनमा दैनिक कामकाज गर्नेगरी कार्यालय सार्ने विषयमा चुलिएको विवाद साम्य भएको हो।
_x000D_
_x000D_
बुधबार विवाद समाधान गर्न जोगबुडा पुगेको जिल्ला र प्रदेशस्तरीय टोलीले अन्तिम निष्कर्ष निकालेको हो। जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गणेशराज भट्टको अध्यक्षतामा बसेको सरोकारवालाहरूको बैठकले सहमति जुटाएको हो।
_x000D_
_x000D_
दुई महिनामा आवश्यक जग्गा खरिद गरेर नयाँ भवनबाट कार्य सञ्चालन गर्न नगरप्रमुख भीमबहादुर साउँदको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ।
_x000D_
_x000D_
टोलीले नगरपालिकाको ४ किल्ला अनुगमन गरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ बमोजिम अवश्यक पर्ने जमिन खरिद तथा भौतिक पक्ष व्यवस्थापन गर्न समिति गठन गरिएको हो।
_x000D_
_x000D_
समितिको सदस्यमा वडा नम्बर १२ का वडा अध्यक्ष तथा कार्यपालिका सदस्य गणेशप्रसाद जोशी, वडा नम्बर ७ का अध्यक्ष केशव बोहरा, कार्यपालिका सदस्य महावीर कामी र परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरलाल शाक्य रहेका छन्।
_x000D_
_x000D_
उक्त समितिले दुई महिनाभित्र सम्पूर्ण व्यवस्थापकीय पक्ष मिलाएर कार्यपालिका बैठकमा प्रतिवेदन पेस गर्नुपर्ने निर्णय समेत गरेको छ।
_x000D_
_x000D_
यसका साथै आवश्यक पर्ने थप भवन निर्माण गर्नका लागि योजनाअनुसार तला थप्न प्रदेश सरकारसँग माग गर्न नगर कार्यपालिकालाई सुझाव दिने निर्णय समेत गरेको जनाइएको छ।
_x000D_
_x000D_
डडेल्धुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, राष्ट्रियसभा सदस्य चक्रप्रसाद स्नेही, महेशकुमार महरा, प्रदेश सांसद कुन्ती जोशी, पूर्वजिल्ला विकास समिति सभापति गजेन्द्र शाही, नेपाली कांग्रेस पूर्व सभापती रघुवर भट्ट, जिल्ला समुन्वय समिति अध्यक्ष गणेशराज भट्टलगायतको सहभागितामा उक्त निर्णय गरिएको हो।
_x000D_
_x000D_
असोज २५ गते बसेको कार्यपालिका बैठकमा बहुमत सदस्य कार्यालय सार्ने पक्षमा उभिएका थिए। तर, नगरप्रमुख भीमबहादुर साउँदले कार्यालय सार्ने निर्णयका विषयमा भवन पूर्णरूपमा तयार भइनसकेकाले सम्पूर्ण पूर्वाधार निर्माण भइसकेपछि मात्रै कार्यालयको व्यवस्थापन हुने दाबी गरेका थिए।
_x000D_
_x000D_
नगरप्रमुख साउँदले उपलब्ध भवन र जमिनको भोगाधिकार पूर्णरूपमा पाएपछि उक्त भवनमा जाने बताएका थिए।
_x000D_
_x000D_
नगरपालिकाका बहुमत कार्यपालिका सदस्य, नेपाल कम्युनिस्ट पार्टीका स्थानीय नेता तथा स्थानीयले परशुराम नगरपालिकाको कार्यालय तत्काल कार्यालय सार्नुपर्ने दवाब सिर्जना गर्दै हात र टाउकोमा कालो पट्टी बाँधी नाराबाजी गरेका थिए।
_x000D_
_x000D_
मंगलबार जोगबुडा बजारमा नेकपाको आयोजनामा र्याली निकाली बजार परिक्रमा गरिएको थियो। जोगबुढा रहेको नगरपालिकालाई नयाँ बनेको भवनमा सार्नुपर्ने र लिखित निर्णय गर्नुपर्ने भन्दै नेकपा कार्यकर्ता र जनप्रतिनिधिले केही सातादेखि दबाब दिँदै आएका थिए।
_x000D_
_x000D_
मंगलबार आन्दोलनका कारण स्थानीय जोगबुडा बजार पूर्ण रूपमा बन्द भएको थियो।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।