काठमाडौं– अर्थमन्त्री हुदाँ छोरालाई प्रयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भारतका पूर्व अर्थमन्त्री पी चिदम्बरविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको छ।
_x000D_
_x000D_
भारतको आर्थिक कारोबारसम्बन्धी अनुसन्धान गर्ने विभागले चिदम्बरम् र उनका छोरा कार्ती चिदम्बरम् सहित नौ जनालाई विपक्षी बनाएर मुद्दा दायर गरेको हो। तीन हजार पाँच सय करोड पाउन्ड स्टर्लिङ बराबर सम्पत्ति शुद्धीकरण भएको दाबी आरोपपत्रमा गरिएको छ।
_x000D_
_x000D_
‘एयरसेल माक्सिस’ नामक वैदेशिक लगानी सम्बन्धी कारोबारमा ७२ वर्षे पूर्व अर्थमन्त्री चिदम्बरम् सहित नौजनाको संलग्नता रहेको दाबी गरिएको छ।
_x000D_
_x000D_
उनी विपक्षी दल कांग्रेस आइका एक वरिष्ठ नेता हुन्। मुद्दाको प्रारम्भिक सुनुवाई नोभेम्बर २६ देखि हुने तय भएको छ। चिदम्बरका बाबु-छोराले भने भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले राजनीतिक प्रतिशोधका आधारमा मुद्दा लगाइएको प्रतिक्रिया दिएका छन्।
_x000D_
_x000D_
डा. मनमोहन सिंह प्रधानमन्त्री हुँदा अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका चिदम्बरम्ले छोराको सहयोगमा पदको दुरुपयोग गरी वैदेशिक लगानी भित्र्याउँदा सन् २००६ मा करोडौं रुपैयाँ अपचलन गरेको सेन्ट्रल ब्युरो अफ इन्भेस्टगेसनको दाबी छ।
_x000D_
_x000D_
घटनाको भारतको आर्थिक कारोबारसम्बन्धी अनुसन्धान गर्ने विभाग र सिबिअाइले संयुक्त रुपमा गरेका थिए। यो प्रकरणमा चिदम्बरम् लाई पहिलो नम्बरमा राखिएको छ भने त्यसपछि उनका छोराको नाम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।