काठमाडौं- भ्रष्टाचार मुद्दामा दोषी ठहर भएर १८ वर्ष अघिदेखि फरार भएका एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको छ।
_x000D_
_x000D_
ललितपुरको धापाखेलका ४९ वर्षीय खड्कालाई पुनरावेदन अदालत पाटनले २०५७ मंसिर २१ मा भ्रष्टाचार गरेको ठहर गर्दै १ करोड २३ लाख ८ हजार ८० रुपैयाँ जरिवाना र १ वर्ष कैदको फैसला सुनाएको थियो।
_x000D_
_x000D_
अदालतको फैसला पश्चात् उनी फरार थिए। सिआइबीले उनलाई बिहीबार धापाखेलबाट पक्राउ गरी अदालतको फैसला कार्यान्वयनका लागि डिल्लीबजार कारागार पठाएको जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।