काठमाडौं– सरकारले अञ्चलको नाममा दर्ता गर्दै आएको मोटरसाइकल/स्कुटर अबदेखि प्रदेशकै नाममा गराउने भएको छ। मोटरसाइकल प्रदेशकै नामअनुसार दर्ता गर्नुपर्ने मन्त्रिपरिषद् बैठकको निर्णयलगत्तै यातायात व्यवस्था विभागले प्रदेशकै नामअनुसार मोटरसाइकल दर्ता प्रक्रिया थालनी गर्ने तयारी गरेको छ।
_x000D_
_x000D_
विभागमा प्रवक्ता गोकर्णप्रसाद उपाध्याका अनुसार दर्ता सुरु गर्न भने केही समय लाग्नेछ।
_x000D_
_x000D_
विभागले सवारी दर्ताको लागि आवश्यक राजपत्र समेत प्रकाशित गरिसकेको छ। अब मोटरसाइकलको दर्ता सबै प्रदेशबाट सुरु हुने उनको भनाइ छ। तर, तत्कालको अवस्थामा भने अहिले सञ्चालनमा रहेको अञ्चल यातायात कार्यालयबाट नै काम हुनेछ। मोटरसाइकलको नम्बर प्लेटमा प्रदेश चिनाउने गरी दर्ता हुने उनको भनाइ छ।
_x000D_
_x000D_
सोही अनुरुप अब मोटरसाइकलको नम्बर प्लेटमा प्रदेश नम्बरसहित ३ अंकको लट र ४ अंकको सवारी नम्बर बस्नेछ। उदाहरणका लागि प्रदेश ३ सँगै यातायात कार्यालय चिनाउने कोर्ड ००१ नम्बरको सवारी लटमा ०००१ नम्बरको पहिलो मोटरसाइकल नम्बर रहनेछ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।