हेटौँडा– मकवानपुरको उत्तरी भेगमा पर्ने भीमफेदी, इन्द्रसरोवर, राक्सीराङ्ग, कैलाश र मकवानपुरगढी गाउँपालिका तथा थाहा नगरपालिकामा स्थानीय कृषकले व्यावसायिक फूल उत्पादन सुरु गरेका छन्।
_x000D_
_x000D_
ती क्षेत्रका कृषकले सयपत्री, मखमली, चमेली, गोदावरी र पारिजात नामका फूलखेती गरेका छन्। ती फूल अहिले काठमाडौं, ललितपुर कास्की, रुपन्देही, चितवन र मकवानपुरका बजारमा बिक्री वितरण भइरहेकोे छ।
_x000D_
_x000D_
मकवानपुरको उत्तरी भेगमा हाल ३ हजार ७ सय ३४ हेक्टर जग्गामा कृषकले पुष्पखेती गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।
_x000D_
_x000D_
एक याममा प्रत्येक कृषकले पुष्पखेतीबाट आफ्नो खर्च कटाएर करिब डेढ लाखदेखि २ लाख ५० हजारसम्म आम्दानी गरेको इन्द्रसरोवर गाउँपालिका वडा नं ६ का अगुवा कृषक भीमप्रसाद देवकोटाले जानकारी दिए।
_x000D_
_x000D_
प्रत्येक पुष्पगुच्छाको ५० देखि १०० रुपैयाँसम्म र माला ७५ देखि २ सय रुपैयाँसम्ममा बिक्री गर्ने गरेकाे देवकाेटाले बताए।
_x000D_
_x000D_
काठमाडौंबाट तराई जाने यात्रु र तराईबाट काठमाडाैं जाने यात्रुलाई पायक पर्ने होटल र तरकारी पसलमा फूल बिक्री भइरहेको थाहा नगरपालिका–७ का अगुवा कृषक कृष्णदेव आचार्यले बताए।
_x000D_
_x000D_
व्यावसायिक पुष्पखेतीलाई प्रभावकारी तुल्याउन र कृषककाे जीवनस्तर माथि उठाउने लक्ष्यका साथ चालू आवदेखि आवश्यक स्रोत साधन उपलब्ध गराइने तयारी भइरहेको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले बताए।
_x000D_
_x000D_
तिहारमा काठमाडौंका उपभोक्तालाई मकवानपुरमा उत्पादित उन्नत पुष्पखेतीबाट करिब २० प्रतिशत आपूर्ति हुने जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत रामकृष्ण थापाले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।