काठमाडौं– युरोपेली आयोगले नेपालमा बुधबार गएको विनाशकारी बाढीका कारण भएको क्षति र त्यबाट पीडितहरुको राहत, उद्धार र पुनर्स्थापनाका लागि तत्काल २० लाख यूरो सहयोग गर्ने भएको छ ।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयेनले नेपालमा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित नागरिकका लागि तत्काल २० लाख युरो मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेकी छन् ।
उनले बाढीबाट प्रभावित सबैप्रति गहिरो समवेदना व्यक्त गर्दै युरोप नेपालसँगै रहेको बताएकी छन् । आयोगका अनुसार उक्त सहयोगबाट बाढीबाट सबैभन्दा बढी प्रभावित परिवार तथा समुदायलाई आवश्यक जीवनरक्षक मानवीय सहायता उपलब्ध गराइनेछ ।
अध्यक्ष भोन डर लेयेनले विपद्को यस कठिन घडीमा प्रभावित नेपाली नागरिकप्रति ऐक्यबद्धता जनाउँदै युरोप उनीहरूको साथमा रहेको उल्लेख गरेकी छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।