काठमाडौँ- भूकम्पबाट भत्केको बिपी राजमार्ग मर्मतसम्भार गर्न जापान सरकारले रु एक अर्ब ८५ करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ।
_x000D_
_x000D_
अनुदान सहयोगसम्बन्धी सम्झौता तथा समझदारीपत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र अर्थ सचिव राजन खनालले हस्ताक्षर गरे।
_x000D_
_x000D_

_x000D_
_x000D_
पूर्वी तराईलाई राजधानी काठमाडौँसँग जोड्ने एक सय ६० किलोमिटर लामो राजमार्ग जापानी अनुदानमा निर्माण भएको हो। २० वर्षमा पूरा भएको उक्त सडक नेपाल सरकारलाई हस्तान्तरण गरेको एक महिनापछि भूकम्पले प्रभावित भएको थियो।
_x000D_
_x000D_
आगामी एक वर्षमा मर्मतसम्भारको काम पूरा गर्ने लक्ष्यका साथ आगामी माघदेखि कार्यसञ्चालन हुने अर्थ मन्त्रालयले बताएको छ।
_x000D_
_x000D_
कार्यक्रममा सक्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत साइगोले नेपालको कृषि उत्पादनलाई बजारसम्म पुर्याउने, बालबालिकालाई विद्यालय तथा पर्यटन प्रवर्द्धनका निम्ति महत्वपूर्ण सिन्धुली सडक पुनर्निर्माणमा जापानले पुनः सघाएको बताए।
_x000D_
_x000D_
सचिव खनालले नेपालको सामाजिक–आर्थिक विकासमा जापानबाट निरन्तर सहायता प्राप्त भएकामा हार्दिक आभार व्यक्त गरे।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।