काठमाडौं– रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग रकम प्राप्त हुन थालेको छ।
कोषमा प्राप्त सहयोग रकम एकद्वार प्रणालीमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुझ्न थालेका छन्। पछिल्लो ६ घण्टामा विभिन्न दाताबाट मन्त्रालयमा आई हस्तान्तरण भएको रकम २७ करोड ३३ लाख पुगेको छ।
कोषमा योगदान गर्ने कम्पनी तथा योगदानकर्ताको विवरणअनुसार विभिन्न कम्पनीले राहत, उद्धार, खोज तथा पुनर्स्थापनाका लागि उक्त रकम सहयोग गरेका हुन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।