काठमाडौं– काठमाडौंका विभिन्न स्थानबाट अवैध रुपमा जुवातास खेलिरहेको अवस्थामा २७ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुको साथबाट झन्डै ४ लाख रुपैयाँ बरामद भएको छ।
_x000D_
_x000D_
काठमाडौं तार्केश्वर नगरपालिका–९ मनमैजुस्थित शंकर तिमिल्सिनाले सञ्चालन गरेको लेखापढी कार्यालयको कोठाभित्र अवैध रुपमा जुवातास खेलिरहेको अवस्थामा तारकेश्वर नगरपालिका–४ बस्ने ४६ वर्षीय शिव अर्यालसहित १२ जनालाई पक्राउ गरिएको छ। उनीहरुको साथबाट प्रहरीले १ लाख ९८ हजार ३ सय २० रुपैयाँ बरामद गरेको छ।
_x000D_
_x000D_
यसैगरी काठमाडौं महानगरपालिका–६ बौद्ध नयाँ बस्ती बस्ने ४२ वर्षीय पूर्णराज चौलागाईको घरमा अवैध रुपमा जुवातास खेलिरहेको अवस्थामा चौलागाईसमेत ११ जनालाई नगद १ लाख ७८ हजार १ सय ७५ रुपैयाँ र १६ थान कौडासहित बिहीबार प्रहरीले पक्राउ गरेको छ।
_x000D_
_x000D_
यसैगरी कीर्तिपुर नगरपालिका–५ भत्केको पाटीस्थित साइनो रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका बस्ने ४४ वर्षीय जयबहादुर कार्कीसहित ४ जना पक्राउ परेका छन्। उनीहरुको साथबाट प्रहरी बुधबार साँझ ७ हजार ७ सय ५० रुपैयाँ र ३ बुक तास बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।