• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख २, २०८३ Wed, Apr 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

वायुसेवा निगमले सरकारसँग किन माग्यो २० अर्ब?

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक ८, २०७५  ०५:३६
1140x725

काठमाडौं- नेपाल वायुसेवा निगमले सरकारसँग २० अर्ब रुपैयाँ माग गरेको छ। निगम सञ्चालक समितिको निर्णयअनुसार पुँजी विस्तारका लागि सरकारसँग रकम माग गरिएको निगमका प्रवक्ता अशोक सिग्देलले जानकारी दिए। 'बजार विस्तारका लागि अहिले पुँजी अति नै न्युन भएकाले रकम माग भएको हो,' उनले भने।

_x000D_ _x000D_

निगमले यसअघि शेरबहादुर देउवा सरकारको पालामा पनि २० अर्ब नै माग्ने निर्णय गरेको थियो। तर, सरकार परिवर्तनसँगै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले रकममा केही हेरफेर गर्न निगमलाई सुझाएको थियो। मन्त्रालयको सुझावपछि निगमले ५ अर्ब रुपैयाँ माग्ने निर्णय गरी मन्त्रालयमा पत्र पठाइएको थियो। पत्र पर्यटन मन्त्रालयले अर्थ मन्त्रालयमा गत जेठमै पठायो। तर, अर्थले निगमसँग बजार विस्तार र व्यावसायिक योजनाको खाकासहि रकम मागको फाइल फिर्ता गरेको थियो। 

_x000D_ _x000D_

निगममा भरखरै कार्यकारी अध्यक्ष भएर आएका मदन खरेलले पुरानै निगम सञ्चालक बोर्डको फाइलमा सहमति गराउँदै २० अर्ब रुपैयाँ माग्ने फाइल पर्यटन मन्त्रालयमा पठाएको स्रोत बताउँछ। अहिले बजार प्रतिस्पर्धाका लागि पुँजी अति नै  न्यून भएको भन्दै बिना व्यावसायिक योजना निगमले रकम मागेको स्रोतको दाबी छ। 

_x000D_ _x000D_

निगमको पुँजी अहिले ३७ करोड रुपैयाँ मात्रै छ। तर, चीनले अनुदानमा उपलब्ध गराएको एउटा एमए ६० र वाई १२ जहाजको रकमलाई समेत पुँजी विस्तारमा जोड्दा पुँजी ३ अर्ब १० करोड रुपैयाँभन्दा बढी हुन्छ। सरकारले चीनले अनुदानमा दिएको एउटा एमए ६० को लागत २ अर्ब १३ करोड र एउटा वाई १२ जहाजको लागत ५८ करोड रुपैयाँ पनि पुँजी विस्तार गर्न निगमलाई सुझाएको थियो। 

_x000D_ _x000D_

निगमले पुँजी विस्तारका लागि पठाएको फाइल अहिले अर्थमा समेत पेस भइसकेको सिग्देलको दाबी छ। 'निगमको पुँजी विस्तार गर्न आवश्यक छ। मन्त्रालय पनि रकम दिनुपर्छ भने विषयमा सकरात्मक छ,' उनी दाबी गर्छन्।

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

पुँजी अति नै न्यून भएका कारण संस्थाको ऋण ब्याज भुक्तानीमा समेत असहजता भइसकेको उनी बताउँछन्। निगमको अहिलेको पुँजी एउटा जहाज खरिदका लागि समेत अपुग छ। यस्तो अवस्थामा बजार विस्तार गर्न असम्भव रहेकाले रकम माग गरेको उनको भनाइ छ। 

_x000D_ _x000D_

निगमको ऋण मात्रै ३७ अर्बभन्दा बढी छ। अहिले आम्दानी गरेको रकम ऋणको ब्याज तिर्नमै खर्च भइरहेको सिग्देल बताउँछन्। त्यसमा पनि जहाज उडाएर निगमले फाइदा गर्न सकेको छैन। निगमको खर्च व्यवस्थापनको प्रमुख स्रोत ग्राउन्ड ह्यान्डलिङ मात्रै हो। यस्तो अवस्थामा निगमको पुँजी विस्तार नहुने हो भने नयाँ जहाज खरिददेखि ऋण चुक्ता गर्नसमेत मुस्किल हुने सिग्देल बताउँछन्।

_x000D_ _x000D_

निगमले फेरि आन्तरिक उडानका लागि ६ वटा ट्विनअटर, २ वटा ७० सिट क्षमताका जहाज र २ एयर बस खरिद गर्ने निर्णय सञ्चालक समितिले स्वीकृत गरिसकेको छ।

_x000D_ _x000D_

निगमले एयरबस खरिद गर्न आर्थिक वर्ष २०७१/०७२ बाट किस्ताबन्दीमा रकम तिर्ने गरी सञ्चयकोषसँग लिएको १० अर्ब ऋण छ। यो ऋणको ब्याजदर अहिले १०.५ प्रतिशत छ। यसैगरी चिनियाँ जहाज खरिदमा अबको ६ वर्षपछिबाट १.७५ प्रतिशत ब्याजदरमा रकम तिर्ने गरी लिएको २ अर्ब १२ करोड रुपैयाँ पनि निगमको ऋण छ। यसैगरी बाइडबडी जहाज खरिदका लागि पछिल्लो समय सञ्चयकोष र नागरिक लगानी कोषसँग १२/१२ अर्ब रुपैयाँका दरले २४ अर्ब रुपैयाँ पनि निगमको ऋण छ। वाइडबडी जहाज खरिदका लागि सञ्चय कोषको ब्याज ९.५ प्रतिशत र नागरिक लगानी कोषको ९ प्रतिशत ब्याज तोकिएको छ। यसबाहेक पनि निगमले नेपाल सरकारलाई ५८ करोड रुपैयाँ ऋण तिर्न बाँकी छ। 

_x000D_ _x000D_

निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि २ वटा वाइडबडी, २ एयरबस र एउटा बोइङ गरी ५ वटा विमान छन्। यसैगरी आन्तरिक उडानका लागि ४ वटा वाई १२, २ वटा एमए ६० र २ वटा ट्विनअटर जहाज छन्।

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०७५  ०५:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आजदेखि देशभर आर्थिक गणना हुँदै
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
सम्बन्धित सामग्री
एनसेलको अनलिमिटेड इन्टरनेट र डेटा प्याकको शुल्क ६५ प्रतिशतले घट्यो, अब ६९९ मात्र नयाँ वर्ष २०८३ को अवसर पारेर सञ्चालनमा ल्याइएको यस प्याकमा अनलिमिटेड डेटा, अनलिमिटेड कल, र प्रशस्त एसएमएस सेवालगायत आकर्षक सुविधाहरू... शुक्रबार, चैत २७, २०८२
एनसेलले दैनिक १०० एमबी डेटा निःशुल्क दिँदै, हरेक साता ५० जीबीसम्म जित्ने मौका यसका साथै ग्राहकले हरेका साता आकर्षक डेटा भोल्युम पुरस्कार स्वरुप जित्न सक्नेछन् । ग्राहक अनुभव अभिवृद्धि र डिजिटल प्रयोगलाई प्रोत्स... बुधबार, चैत २५, २०८२
Taurian MPS को नेपालका लागि आधिकारिक डिलरमा RBG International नियुक्त काठमाडौंको होटल बराही प्लाजामा आयोजित एक विशेष समारोहका बीच दुई कम्पनीबीच साझेदारी सम्झौता सम्पन्न भएको छ । उक्त कार्यक्रममा Taurian... बुधबार, चैत २५, २०८२
ताजा समाचारसबै
आजदेखि देशभर आर्थिक गणना हुँदै बुधबार, वैशाख २, २०८३
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै बुधबार, वैशाख २, २०८३
प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै बुधबार, वैशाख २, २०८३
यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना बुधबार, वैशाख २, २०८३
काठमाडौँ उपत्यकामा रात्रि समयमा सार्वजनिक बस सञ्चालन सुरु मंगलबार, वैशाख १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्णपाठ) मंगलबार, वैशाख १, २०८३
सरकारले आयोजना सम्पन्न नभएसम्म कर्मचारी सरुवा नगर्ने मंगलबार, वैशाख १, २०८३
काठमाडौँ उपत्यकामा रात्रि समयमा सार्वजनिक बस सञ्चालन सुरु मंगलबार, वैशाख १, २०८३
उत्पादनमा कमी आएपछि अण्डाको मूल्य बढ्यो मंगलबार, वैशाख १, २०८३
गैरआवासीय नेपालीको अधिकार सुनिश्चित गर्ने र लगानी आकर्षण गर्ने सरकारको प्रतिबद्धता मंगलबार, वैशाख १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्