काठमाडौं– सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री बालेन्द्र साह (बालेन)लाई ज्यान मार्ने धम्की दिने युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापाको भद्रपुर–९ घर भइ हाल कीर्तिपुर बस्दै आएका २३ वर्षीय पुस्कर दहाल रहेका छन् ।
उनलाई प्रहरीले बुधबार कीर्तिपुरको नयाँ बजारबाट नियन्त्रणमा लिएको हो । उनले सामाविक सञ्जालमा अश्लिल गालीसहित प्रधानमन्त्री शाहलाई भदौ २३ गते हत्या गर्ने दाबी गर्दै पोस्ट गरेका थिए । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
अपराध अनुसन्धान कार्यालय टेकुले दहाललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।