वीरगन्ज– पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित दुधेश्वरनाथ महादेव मन्दिरनजिक ट्रयाक्टरले किच्दा एक किशोरको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मृत्यु हुनेमा बाराको विश्रामपुर गाउँपालिका–५ इटियाही टोलका १७ वर्षीय आकाश राम रहेका छन्।
उनी मंगलबार ट्रयाक्टरबाट खसेका थिए। सोही ट्र्याक्टरले उनलाई किच्दा घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनापछि ट्रयाक्टर चालक फरार भएका छन्। प्रहरीले फरार चालकको खोजी भइरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।