तेह्रथुम– तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्।
प्रहरीका अनुसार भदौ ९ गते छथर गाउँपालिका–२ मा घरमै सुतिरहेको अवस्थामा महिलामाथि सोही स्थानका ४४ वर्षीय लिलमबहादुर लिम्बूले जबरजस्ती करणी गरेको सूचना प्राप्त भएको थियो।
सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले आरोपित लिम्बूलाई सोही दिन नियन्त्रणमा लिएको जनाएको छ।
पीडित महिलाले सोही दिन इलाका प्रहरी कार्यालय वसन्तपुरमा जाहेरी दिएपछि आरोपित लिम्बुको स्वास्थ्य परीक्षण गराई प्रहरी हिरासतमा राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।