रामेछाप– जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार प्रेम बिसुञ्जेललाई भदौ ३ गते दिउँसो करिब २ बजे रामेछाप नगरपालिका–४, तिलबारीमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो। भदौ २ गते करिब ४:३० बजे ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा उनी फरार रहेका थिए।
अनुसन्धानका क्रममा बिसुञ्जेल यसअघि चोरी मुद्दामा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पकली, सुनसरीको हिरासत कक्षमा रहेका बेला २०८२ भदौ २४ गते भएको जेन–जी आन्दोलनका क्रममा हिरासतबाट भागेर फरार भएको तथ्य खुलेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
पक्राउपछि उनलाई रामेछाप जिल्ला अदालतमा उपस्थित गराई भदौ ३ गते नै म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।