धनगढी– कैलालीको गोदावरी नगरपालिका–६ लालपुरमा बुधबार धान थ्रेसर गर्ने मेसिनको फित्तामा लपेटिँदा एक महिलाको मृत्यु भएको छ।
_x000D_
_x000D_
थ्रेसर मेसिन चलिरहेको अवस्थामा धान थुपार्न त्रिपाल बिछ्याउने क्रममा फित्तामा लपेटिएर ५० वर्षीया चम्पादेवी कामीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ। रासस
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।