गाईघाट– उदयपुरगढी गाउँपालिका–५ मौवाबोटमा एक वृद्धालाई जग्गा विवादका विषयमा स्थानीय छिमेकीले मरणासन्न हुने गरी बुधबार कुटपिट गरेका छन्।
_x000D_
_x000D_
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ७५ वर्षीया उनको जग्गामा अन्य छिमेकीले सीमा मिच्ने र गाईवस्तु फुकाएर लगाइदिने गरेपछि विवाद हुँदा देवहादुर राई, भक्ति राई र गर्भ राईले कुटपिट तथा गालीगलोज गरेर दिसापिसाबसमेत शरीरमा लगाइदिएको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
पीडित वृद्धाको शरीरभरि घाउ र नीलडाम रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख चन्द्रदेव राईले बताए। वृद्धाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। रासस
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।