काठमाडौं– नेपाली बजारमा केही दिनयता लगातार सुनको मूल्य उकालो लागिरहेको छ ।
गत बिहीबारबाट उकालो लागेको सुनको मूल्य सोमबार (भदौ ८) प्रतितोला ३ हजार २०० रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
योसँगै सोमबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ कायम गरिएको छ ।
आइतबार (भदौ ७) २ हजार ८०० रुपैयाँले वृद्धि भएर सुनको मूल्य ३ लाख १९ हजार ५०० रुपैयाँ पुगेको थियो ।
गत शुक्रबार ३ हजार ३०० रुपैयाँले बढेर ३ लाख १६ हजार ७०० रुपैयाँ पुगेको सुनको मूल्य बिहीबार ९ हजार ३०० रुपैयाँले बढेर ३ लाख १३ हजार ४०० रुपैयाँ थियो ।
यस्तै, सोमबार चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला ४ हजार ९६० मा झरेको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर ४ हजार ९७५ रुपैयाँमा झरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।