• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

कर्णालीको पर्यटन बजेटको ८० प्रतिशत धार्मिक संरचनामा, रणनीतिक गन्तव्य ओझेलमा

64x64
नेपाल लाइभ सोमबार, भदौ ८, २०८३  १०:२३
1140x725

सुर्खेत– कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८३/८४ का लागि पर्यटन प्रवद्र्धनमा विनियोजन गरेको बजेटको झण्डै ८० प्रतिशत रकम मठ–मन्दिर, कुलदेवताका थान, गुम्बा, चर्च र अन्य धार्मिक संरचनासम्बन्धी योजनामा केन्द्रित गरेको पाइएको छ।

प्रदेश सरकारले रणनीतिक पर्यटन पूर्वाधारमा लगानी गर्ने नीति बनाएको भए पनि व्यवहारमा बजेट टुक्रे र वितरणमुखी योजनामा बाँडिएको भन्दै सरोकारवालाले प्रश्न उठाएका छन्। प्रदेश सरकारले यस वर्ष ३५ अर्ब ३९ करोड ८५ लाख रुपैयाँको बजेट ल्याएको छ।

त्यसमध्ये पर्यटन क्षेत्रका लागि ५३ करोड ८६ लाख रुपैयाँ अर्थात् कुल बजेटको १.५२ प्रतिशत मात्र छुट्याइएको छ। ‘पर्यटन प्रवद्र्धन तथा विकास’ शीर्षकअन्तर्गत करिब १९५ योजना समावेश गरिएकामा अधिकांश धार्मिक स्थल निर्माण, संरक्षण र स्तरोन्नतिसँग सम्बन्धित छन्।

प्रदेशको आयोजना छनोट कार्यविधिले आर्थिक वृद्धि, तुलनात्मक लाभ, प्राथमिकता प्राप्त क्षेत्र र दिगो विकासमा योगदान गर्ने आयोजनालाई प्राथमिकता दिनुपर्ने व्यवस्था गरेको छ। तर बजेट पुस्तिकामा समावेश योजनाले भने त्यस्तो मापदण्डभन्दा पहुँचका आधारमा साना–साना योजना वितरण गरिएको संकेत गर्छ।

तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीको गृह जिल्ला सल्यानमा सबैभन्दा धेरै धार्मिक योजनाका लागि बजेट परेको छ। सल्यानमा मात्रै २० वटा देवताका थान निर्माणका योजना समावेश छन्। सुर्खेतमा १५, कालिकोटमा ११, हुम्लामा ९, डोल्पामा ८, मुगुमा ७, रुकुम पश्चिममा ७, जुम्लामा ६ र जाजरकोटमा ६ वटा देवताका थानका लागि बजेट विनियोजन गरिएको छ। पर्यटन व्यवसायीहरुका अनुसार कर्णालीमा रारा ताल, शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, विभिन्न पदमार्ग, सांस्कृतिक सम्पदा, साहसिक पर्यटन र सामुदायिक पर्यटनको उच्च सम्भावना छ।

तर सडक तथा हवाई पहुँच, पदमार्ग, पर्यटकीय पूर्वाधार, प्रचार–प्रसार र सेवा विस्तारभन्दा धार्मिक संरचनामा बजेट केन्द्रित हुँदा दीर्घकालीन आर्थिक प्रतिफल सीमित हुने उनीहरूको तर्क छ।

पर्यटन शीर्षकमा विद्यालयदेखि बार भवनसम्म

पर्यटन बजेटमा गैरपर्यटन प्रकृतिका योजना पनि समावेश भएको पाइएको छ। सामान्यतः सामाजिक विकास मन्त्रालय वा भौतिक पूर्वाधार मन्त्रालयबाट सञ्चालन हुने विद्यालय, भूसंरक्षण, बार एसोसिएसनको भवन तथा तटबन्धनसम्बन्धी योजनासमेत ‘पर्यटन प्रवद्र्धन तथा पर्यापर्यटन’ शीर्षकमा राखिएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

सल्यानको बागचौर–७ स्थित बालकन्या आधारभूत विद्यालयका लागि २० लाख रुपैयाँ विनियोजन गरिएको छ। सोही विद्यालयका लागि ‘भूसंरक्षण कार्यक्रम’ शीर्षकमा थप २० लाख रुपैयाँ छुट्याइएको छ। यस्तै, शारदा नगरपालिका–२ मा नेपाल बार एसोसिएसन जिल्ला अदालत बार इकाइ निर्माणका लागि ३० लाख रुपैयाँ पर्यटन बजेटबाट राखिएको छ।

सुर्खेतको सिम्ता गाउँपालिका–३ मा ‘मस्तारा ओखल्या घेरबार’ शीर्षकमा २० लाख रुपैयाँ विनियोजन गरिएको छ भने पश्चिम दैलेखको आठबिस नगरपालिका–१ मा ‘वासखोला वृक्षरोपण योजना’ र सल्यानको त्रिवेणी गाउँपालिका–२ मा ‘झरघाट गुप्ताखोलादेखि अमलेज्युलासम्म तटबन्धन निर्माण’ का लागि पनि २०–२० लाख रुपैयाँ छुट्याइएको छ।

कार्यविधि एउटा, कार्यान्वयन अर्को

प्रदेश सरकारले सडक तथा भवनतर्फ ५० लाख रुपैयाँ र अन्य क्षेत्रमा २० लाख रुपैयाँभन्दा कमका योजना प्रदेशबाट कार्यान्वयन नगर्ने सीमा तोकेको छ। तर व्यवहारमा यही सीमा पूरा गर्ने नाममा २० लाख रुपैयाँका साना–साना योजना धेरै स्थानमा वितरण गरिएको देखिन्छ।

पूर्वमुख्यमन्त्री यामलाल कँडेलले ठूला र रणनीतिक आयोजनामा ध्यान दिन मन्त्रीहरूलाई निर्देशन दिँदै आए पनि बजेट पुस्तिकामा पुरानै प्रवृत्ति दोहोरिएको आरोप लागेको छ। एक प्रदेश सांसदका अनुसार आयोजना छनोट कार्यविधिको उद्देश्य प्रदेशको आर्थिक गतिविधि र राजस्वमा योगदान दिने परियोजना छनोट गर्नु भए पनि पहुँचका आधारमा बजेट बाँड्दा प्रभावकारिता घटेको छ।

नेताका नाममा पनि पर्यटन बजेट

पर्यटन क्षेत्रको बजेटमा राजनीतिक दलका दिवंगत नेताका नाममा प्रतिष्ठान, स्मृति भवन र पार्क निर्माणका योजना पनि समावेश भएका छन्। हुम्लाको अदानचुली गाउँपालिका–५ मा ‘मनमोहन स्मृति प्रतिष्ठान भवन निर्माण’ का लागि ३० लाख रुपैयाँ विनियोजन गरिएको छ। पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–११ मा ‘तप्त विष्ट पार्क स्तरोन्नति’ शीर्षकमा २० लाख रुपैयाँ छुट्याइएको छ। यस्तै, मन्त्रालयबाटै पश्चिम र पूर्वी सुर्खेतमा ‘सहिद स्मृति पार्क’ का नाममा दुई स्थानका लागि कुल ४० लाख रुपैयाँ विनियोजन गरिएको छ।

तत्कालीन मन्त्री सुरेश अधिकारी नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने भएकाले कांग्रेसका दिवंगत नेताका नाममा पनि योजना समावेश गरिएको भन्दै आलोचना भएको छ। नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीका अनुसार सत्ता र प्रतिपक्षबीच यसअघि नेताका नामका प्रतिष्ठान र स्मृति भवनमा बजेट नराख्ने सहमति भएको थियो। बजेटमा समावेश भए पनि ती योजना कार्यान्वयन नगर्ने सहमति पुनः भएको उनले बताए।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी महेश नेपालीले पनि पर्यटन शीर्षकमा समावेश विद्यालय, बार भवनलगायतका गैरपर्यटन प्रकृतिका योजना कार्यान्वयन नहुने बताएका छन्।

तर बजेट पुस्तिकामै यस्ता योजना समावेश हुनु र कार्यान्वयनअघि नै नचल्ने भनिनुले कर्णाली प्रदेशको बजेट निर्माण प्रक्रिया, आयोजना छनोटको पारदर्शिता र पर्यटन क्षेत्रको रणनीतिक प्राथमिकतामाथि गम्भीर प्रश्न खडा गरेको छ।

पर्यटनको वास्तविक सम्भावना भएका गन्तव्यमा लगानी बढाउनुपर्ने बेला बजेट धार्मिक संरचना र टुक्रे योजनामा केन्द्रित हुँदा प्रदेशको दीर्घकालीन आर्थिक लाभको अवसर कमजोर बनेको विश्लेषण गरिएको छ।

प्रकाशित मिति: सोमबार, भदौ ८, २०८३  १०:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज पनि बढ्यो सुनको मूल्य
नाबालिका हत्या अभियुक्तको बयान भिडियो सार्वजनिक भएपछि सांसद संग्रौलाको आपत्ति
हुम्लाको ताँजाकोट गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
सम्बन्धित सामग्री
आज पनि बढ्यो सुनको मूल्य गत बिहीबारबाट उकालो लागेको सुनको मूल्य सोमबार (भदौ ८) प्रतितोला ३ हजार २०० रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जन... सोमबार, भदौ ८, २०८३
कर्णालीको पर्यटन बजेटको ८० प्रतिशत धार्मिक संरचनामा, रणनीतिक गन्तव्य ओझेलमा कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८३/८४ का लागि पर्यटन प्रवद्र्धनमा विनियोजन गरेको बजेटको झण्डै ८० प्रतिशत रकम मठ–मन्दि... सोमबार, भदौ ८, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। सोमबार, भदौ ८, २०८३
ताजा समाचारसबै
आज पनि बढ्यो सुनको मूल्य सोमबार, भदौ ८, २०८३
नाबालिका हत्या अभियुक्तको बयान भिडियो सार्वजनिक भएपछि सांसद संग्रौलाको आपत्ति सोमबार, भदौ ८, २०८३
हुम्लाको ताँजाकोट गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी सोमबार, भदौ ८, २०८३
कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै सोमबार, भदौ ८, २०८३
कर्णालीको पर्यटन बजेटको ८० प्रतिशत धार्मिक संरचनामा, रणनीतिक गन्तव्य ओझेलमा सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान आइतबार, भदौ ७, २०८३
इमरान खानको उपचारका लागि पाकिस्तान सरकारलाई पूर्व क्रिकेटरको दोस्रो पत्र, यी हुन् पत्र लेख्ने २१ पूर्व क्रिकेट कप्तान [सूची] आइतबार, भदौ ७, २०८३
होस्टलमा युवक हत्या प्रकरण : सञ्चालकसहित तीन जना पक्राउ आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्