उदयपुर– उदयपुरको कटारी नगरपालिका–४ स्थित मरुवा खोलाबाट प्रहरीले गाँजासहित एक टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले ना.७ ख ८१७३ नम्बरको टिपर चेकजाँच गर्ने क्रममा ९ वटा बोरामा लुकाइराखिएको अवस्थामा १९९.३२ केजी गाँजा बरामद गरेको हो।
गाँजा बरामद भएपछि प्रहरीले टिपर चालक सोम मगरलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।