सुर्खेत– जुम्लाबाट सुर्खेततर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। जुम्लाको हिमा गाउँपालिका–३ वड्कीमा भे१ज ८६५ नम्बरको जीप दुर्घटना भएको हो।
_x000D_
_x000D_
दुर्घटनामा चार जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेको अवस्था गम्भीर छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी सीताराम रिजालका अनुसार जुम्लाको खलंगाबाट सुर्खेतका लागि छुटेको बुलबुले यातायातको जीप वबरामी लिन सिंजाको नराकोट गएर फर्किने क्रममा दुर्घटना भएको हो।
_x000D_
_x000D_
दुर्घटनामा परी मृत्यु हुनेमा एक जना बच्चा, एक महिला र एक पुरुष छन्। डिएसपी रिजालले दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत हुन नसकेको बताए। घाइते चारै जनालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पठाइएको छ।
_x000D_
_x000D_
जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक गंगाराम विकले वबहान इन्ट्री गराउँदा जीपमा दुई जना मात्रै सवार रहेको जनाए। तर जुम्ला र कालीकोटको सिमाना नाग्मगाडबाट सिंजा नराकोट गएर बिरामी लिएर फर्कंदै गर्दा जीप दुर्घटनामा परेको उनले बताए।
_x000D_
_x000D_
दुर्घटनाग्रस्त जीप सडक भन्दा झन्डै २ सय मिटर तल खसेको छ। घटनास्थलमा पुगेको प्रहरी टोलीले घाइतेलाई अस्पताल पठाइसकेको र मृतकको पहिचान हुन नसकेको उनले बतायो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।