• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ ७, २०८३ Sun, Aug 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

चेम्बर–एनआरएनए सहकार्यबाट पुँजी र ज्ञानलाई नेपालमा भित्र्याउने वातावरण बनाउनुपर्छ : अध्यक्ष अग्रवाल

64x64
नेपाल लाइभ आइतबार, भदौ ७, २०८३  १८:०९
1140x725

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले विश्वभर रहेका नेपाली डायस्पोराको पुँजी, ज्ञान, सीप, प्रविधि र अन्तर्राष्ट्रिय सञ्जाललाई नेपालको आर्थिक विकाससँग जोड्नुपर्ने बताएका छन् । 

आइतबार काठमाडौँमा आयोजित नेपाल चेम्बर अफ कमर्स र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीचको सम्झौता तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले चेम्बर र एनआरएनएबीचको सहकार्यलाई विश्वभर फैलिएका नेपाली डायस्पोरालाई जोड्ने महत्वपूर्ण पहलका रूपमा लिनुपर्ने बताए।

उनले नेपालमा पर्याप्त प्राकृतिक स्रोत र सम्भावना हुँदाहुँदै पनि त्यसअनुसारको आर्थिक विकास हुन नसकेको बताए । नेपालको आर्थिक समृद्धिमा नीतिभन्दा पनि त्यसको कार्यान्वयन मुख्य चुनौती रहेको उनको भनाइ थियो । 

अग्रवालले नेपालमा कानुनी सुधार मात्रै गरेर लगानीको वातावरण बन्न नसक्ने बताए। संसद्बाट कानुन निर्माण भए पनि नियमावली र कार्यविधिका नाममा त्यसको कार्यान्वयनमा जटिलता थपिने गरेको उनले उल्लेख गरे।

‘कानुनी सुधार मात्रै भएर भएन, यसको एक्जिक्युसनमा पनि सुधार हुनुपर्छ । कानुन एकातिर र नियमावली अर्कोतिर जाने अवस्था अन्त्य गर्नुपर्छ।’

चेम्बर र एनआरएनएबीच भएको सम्झौतालाई ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने एनआरएनएको मूल भावना र नेपालको आर्थिक समृद्धिको साझा लक्ष्यलाई व्यवहारमा उतार्ने माध्यम बनाउनुपर्ने उनले बताए।

विश्वभर रहेका नेपालीको पुँजी, ज्ञान, सीप, प्रविधि, अनुभव र अन्तर्राष्ट्रिय सञ्जाललाई नेपालको विकाससँग जोड्नु अहिलेको प्रमुख आवश्यकता भएको उनको भनाइ छ।

उनले चेम्बर र एनआरएनएबीचको सहकार्यबाट लगानी प्रवद्र्धन, व्यापार विस्तार, निर्यात वृद्धि, पर्यटन विकास र उद्यमशीलता प्रवद्र्धनमा नयाँ अवसर सिर्जना गर्न सकिने बताए । 

nimb
nimb
Ncell 2
Ncell 2

विदेशमा रहेका नेपालीलाई नेपालको विश्वसनीय आर्थिक साझेदार र लगानीकर्ताका रूपमा आकर्षित गर्न संयुक्त पहल आवश्यक रहेको उनले बताए। भारतको उदाहरण दिँदै उनले गैरआवासीय भारतीय (एनआरआई) र भारतमै रहेका लगानीकर्ताबीच लगानीका क्षेत्रमा विभेद कम रहेको उल्लेख गरे । 

‘भारतमा एनआरआईले ठूलो लगानी गरेका छन्। व्यापारिक क्षेत्रमा त्यो एनआरआईको लगानी हो कि त्यहाँ बस्ने रेसिडेन्ट इन्डियनको लगानी हो भन्ने छुट्याइँदैन । नेपालमा मात्रै किन यस प्रकारको विभेद हुने, यसलाई नयाँ परिप्रेक्ष्यमा अगाडि बढाउनुपर्छ ।’

अग्रवालले नेपाली व्यवसायी र विश्वभर रहेका गैरआवासीय नेपालीबीच बिजनेस–टु–बिजनेस (बीटुबी) नेटवर्किङ र व्यावसायिक साझेदारी विस्तार गर्नुपर्नेमा जोड दिए।

नेपाली डायस्पोराको विश्वव्यापी सञ्जाललाई नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तार, ब्रान्डिङ तथा निर्यात प्रवद्र्धनमा प्रयोग गर्नुपर्ने उनले बताए। ‘नेपालमा लगानी, विश्व बजार’ भन्ने अवधारणालाई चेम्बर र एनआरएनएको सहकार्यबाट प्रभावकारी रूपमा अघि बढाउनुपर्ने उनको भनाइ छ ।

अग्रवालले चेम्बर र एनआरएनएबीचको समझदारी कागजमा मात्र सीमित हुन नहुने बताए । सम्झौतामा उल्लेखित विषय कार्यान्वयनका लागि स्पष्ट कार्ययोजना, समयसीमा र परिणाममुखी कार्यक्रम आवश्यक रहेको उनले बताए।

त्यस्तै गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा.हेमराज शर्माले नेपाल चेम्बर अफ कमर्स र एनआरएनएबीच भएको सम्झौतालाई ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गरे । 

‘नेपाल चेम्बर अफ कमर्स र एनआरएनएबीच एमओयू हुन २३ वर्ष लागेछ । त्यसमा पनि बिजनेस क्षेत्रभन्दा बाहिरबाट अध्यक्ष भएको समयमा यो एमओयू हुन लागेकोले मेरो लागि यो ऐतिहासिक क्षण बनेको छ,’ उनले भने।

अध्यक्ष शर्माले भूगोल र कानुनी सीमालाई अलग राख्ने हो भने विश्वभर रहेका नेपाली जहाँ बसे पनि नेपाली नै रहेको बताए । गैरआवासीय नेपालीलाई कानुनी वा भौगोलिक पहिचानभन्दा माथि उठेर नेपालसँग जोड्ने भावनाका साथ अघि बढ्नुपर्ने उनको भनाइ थियो । 

उनले भने,‘भूगोल र कानुनलाई हटाइदिने हो भने हामी जहाँ बसेपनि नेपाली नै हौँ। गैरआवासीय नेपाली भन्नै परेन । कानुन वा अरू हिसाबले गैरआवासीय भए पनि नेपाली नै हौँ भन्ने भावनालाई लिएर जानुपर्छ ।’

शर्माले विश्वका विभिन्न देशमा रहेका नेपालीलाई नेपालको आर्थिक विकाससँग जोड्न सके नेपालले ठूलो आर्थिक लाभ लिन सक्ने बताए ।

एनआरएनए ११० भन्दा बढी देशमा फैलिएको र ९२ देशमा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) रहेको उनले जानकारी दिए ।

उनले विदेशमा रहेका नेपाली समुदायको आकार र युवाको जनसंख्या नेपालभित्रको भन्दा पनि ठूलो रहेको उल्लेख गर्दै त्यसलाई नेपालको आर्थिक विकासमा प्रयोग गर्नुपर्ने बताए।

एनआरएनएले विश्वभर रहेका नेपाली व्यवसायी र लगानीकर्तालाई एउटै नेटवर्कमा जोड्ने उद्देश्यले छुट्टै व्यापार विभाग निर्माण गरेको उनले बताए।

विदेशमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न सहज वातावरण बनाउन चेम्बरको सहयोग आवश्यक रहेको शर्माको भनाइ छ ।

उनले विदेशबाट नेपाल आउँदा नेपालीले सरकारी प्रक्रिया र कार्यालयीय काममा असहजता महसुस गर्ने गरेको उल्लेख गर्दै चेम्बरले लगानीकर्तालाई सहजीकरण गर्नुपर्ने बताए।

शर्माले विदेशमा रहेका नेपालीको औसत उमेर करिब ५० वर्षको हाराहारीमा पुगेको भन्दै दोस्रो पुस्तालाई नेपालसँग जोड्न विशेष पहल आवश्यक रहेको बताए।

एनआरएनएले १० अर्ब रुपैयाँको सामूहिक लगानीको परियोजना अघि बढाइरहेको जानकारी दिँदै डा.शर्माले त्यसमा ८५ प्रतिशत रकम आईपीओमार्फत जुटाउने योजना रहेको बताए । सरकारले ५ प्रतिशत लगानी गर्ने विषयमा पनि पहल भइरहेको उनले उल्लेख गरे ।

सामूहिक लगानीको यस्तो परियोजना सफल भए भविष्यमा अर्ब मात्र नभई खर्ब रुपैयाँसम्मको नेपाली पुँजी नेपालमा भित्र्याउन सकिने उनको विश्वास छ ।

एनआरएनए र नेपाल चेम्बर अफ कमर्सबीचको सहकार्यले विदेशमा रहेका नेपालीको पुँजी, ज्ञान, सीप र व्यवसायिक नेटवर्कलाई नेपालको आर्थिक विकाससँग जोड्न महत्वपूर्ण आधार तयार गर्ने डा. शर्माको विश्वास थियो।

प्रकाशित मिति: आइतबार, भदौ ७, २०८३  १८:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ
चेम्बर–एनआरएनए सहकार्यबाट पुँजी र ज्ञानलाई नेपालमा भित्र्याउने वातावरण बनाउनुपर्छ : अध्यक्ष अग्रवाल
बेलगाम घोडाजस्तो अधिनायकवादतर्फ सरकार चलिरहेको छ : प्रदीप ज्ञवाली
सम्बन्धित सामग्री
चेम्बर–एनआरएनए सहकार्यबाट पुँजी र ज्ञानलाई नेपालमा भित्र्याउने वातावरण बनाउनुपर्छ : अध्यक्ष अग्रवाल अग्रवालले नेपालमा कानुनी सुधार मात्रै गरेर लगानीको वातावरण बन्न नसक्ने बताए। संसद्बाट कानुन निर्माण भए पनि नियमावली र कार्यविधिका ना... आइतबार, भदौ ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ? नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला दुई हजार ८०० रुपैयाँले महँगीएको हो । आइतबार, भदौ ७, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आइतबार, भदौ ७, २०८३
ताजा समाचारसबै
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
चेम्बर–एनआरएनए सहकार्यबाट पुँजी र ज्ञानलाई नेपालमा भित्र्याउने वातावरण बनाउनुपर्छ : अध्यक्ष अग्रवाल आइतबार, भदौ ७, २०८३
बेलगाम घोडाजस्तो अधिनायकवादतर्फ सरकार चलिरहेको छ : प्रदीप ज्ञवाली आइतबार, भदौ ७, २०८३
जेन जेड शहीदको सम्झनामा भदौ २३ गते ‘स्मृति दिवस’ मनाइने, असोज १५ गतेदेखि महायज्ञ आइतबार, भदौ ७, २०८३
हतियार उत्पादन दोब्बरले वृद्धि गरेको इरानको दाबी आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गरिमा चौधरी प्रकरणमा गृहमन्त्रीले भने– सरकार मौन छैन, दोषीलाई मृत्युदण्ड दिन सकिँदैन शनिबार, भदौ ६, २०८३
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सरकार र दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति शनिबार, भदौ ६, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्