ललितपुर–ललितपुरको अक्षेश्वर महाविहारमा बुद्धको अस्तु धातुको प्रदर्शन गरिएको छ।
_x000D_
_x000D_
हरेक वर्ष आजको दिन गौतम बुद्धको अस्तु धातु सर्वसाधारणको दर्शनको लागि राखिने गरिन्छ। अक्षेश्वर महाबिहारमा रहेको बुद्धको अस्तु धातु श्रीलंका सरकारले सन् १९९६ मा उपलब्ध गराएको हो।
_x000D_
_x000D_
बुद्धका मृत अस्थिबाट कपाल,रगत र हाडका टुक्रा निकालिएको थियो। यसलाई विश्वभरि छरिएर रहेका महत्वपूर्ण चैत्य र बिहारहरुमा राखिएको छ।
_x000D_
_x000D_
अक्षेश्वर महाबिहारमा रहेको अस्तु धातु बुद्धको रगतबाट बनेको हो भन्ने गरिन्छ। कोजाग्रत पूर्णिमाको दिनलाई बौद्ध धर्म सम्प्रदायमा बुद्धले आफ्नी आमा मायादेवीलाई तुषित भुवनस्थित स्वर्गलोकमा धर्मको देशना गरेर धर्तीमा संकाश्य नगरमा फिर्ता भएको मान्यता छ।
_x000D_
_x000D_
आजको यो विशेष दिनमा बिहार चैत्यहरुमा धर्मदेशना, पूजा गर्ने, स्तोत्रपाठ लगायतका धार्मिक गतिविधि गर्ने गरिन्छ। अक्षेश्वर महाबिहारमा रहेको गौतमबुद्धको यो अस्तु धातुलाई ‘सर्वज्ञ धातु’ पनि भन्ने गरिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।